थप २१४१ जना कोरोनामुक्त, मृतक र संक्रमित कति?

काठमाडौं । पछिल्लो २४ घण्टायता देशभर २ हजार १४१ जना संक्रमित निको भएका छन् । नेपालमा कोरोना संक्रमित निको हुने दर ८८ दशमलव ६ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ४५ हजार ६६२ जना संक्रमित निको भइसकेका छन् ।

त्यस्तै बिहीबार देशभर २ हजार ६०७ जना व्यक्ति कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ४८४ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ६०४ जनामा कोराना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर ३९ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ५९७ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 16 =