सिन्धुपाल्चाेक बाढी पहिराे अपडेट

२० जना सम्पर्कविहीन, ७४ जनाको उद्धार, एकजनाकाे शव भेटियाे (विवरणसहित)

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चाेकले जिल्लाका विभिन्न ठाउँमा आएको बाढी पहिराेका कारण सम्पर्कविहीन भएका २० जनाकाे परिचय सार्वजनिक गरेको छ । उनीहरुमध्ये तीन तीन जना भारत र चीनका नागरिक, ठेगाना नखुलेका दुई जना र बाँकी १२ जना सिन्धुपाल्चाेकका छन् ।

सिन्धुपाल्चाेककाे हेलम्बु १ मा खसेको पहिलाेले मेलम्ची नदी थुनिँदा आएको बाढी र पहिराेमा परि सिन्धुपाल्चोककाे हेलम्बुका माधव भण्डारी, गणेश ज्याेती, टीकामाया खड्का, ज्ञानेन्द्र कक्षपती, च्याङा तामाङ्, काली तामाङ र साइँली तामाङ  रहेको कार्यालयले जनाएको छ । यस्तै सिन्धुपाल्चोककै चाैतारी साँगाचाेकगढी नगरपालिकाका सुरेन्द्र नेपाल, त्रिपुरासुन्दरी गाउँपालिकाका विमल खत्री भनिने देव खत्री, राम थापा, सुवास  जिरेल र कमल खत्री रहेका छन् । यस्तै ठेगाना नखुलेका रेशमलाल सार्की र हाेमराज घिमिरे पनि सम्पर्कविहीन रहेको कार्यालयले जनाएको छ ।

एकजनाकाे शव भेटिएकाे तर सनाखत हुन नसकेको र पाँचजना घाइते भएकोमा एकजना उपचार पछि फर्किएकाे पनि जिल्ला प्रशासन कार्यालयले निकालेको विज्ञप्तिमा जनाइएको छ ।

सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले ७४ जनाको उद्धार गरेको कार्यालयले जनाएको छ । बाढी पहिराेले झाेलुङ्गे पुल पाँचवटा, पक्की पुल चारवटा र सातवटा ट्राउट माछा फाराम बगाएकाे छ ।

यसअघि  सिन्धुपाल्चोकका प्रजिअ अरुण पोखरेलले  २३ जना सम्पर्कविहीन रहेको मकालु खबरलाई जानकारी दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =