कोरोना अपडेट

३,०८२संक्रमणमुक्त हुँदा मृतक र संक्रमित कति थपिए?

काठमाडौं । नेपालमा बुधबार थप २ हजार ८ सय २८ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ६ सय ८७ पीसीआर परीक्षणका क्रममा २ हजार १४ र ४ हजार ३३५ एन्टीजेन परीक्षणका क्रममा ८१४ जनाका कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ३७ हजार ४ सय ३३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ५२ जनाको निधन भएको छ भने हालसम्म नेपालमा ८ हजार ५५८ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप ३ हजार ८२ जना निको हुँदा हालसम्म नेपालमा ५ लाख ४३ हजार ५२१ संक्रमित कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा ३२ लाख ४० हजार २९९ वटा पिसिआर र १ लाख २३ हजार ३८६ वटा एन्टीजेन परिक्षण गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *