पूर्वप्रधानमन्त्री खनाललाई थप उपचारका लागि दिल्ली लगियो

काठमाडाैं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि दिल्ली लगिएको छ । साेमबार नर्भिक अस्पताल भर्ना गरिएका खनाललाई थप उपचारका लागि बुधबार दिउँसाे दिल्ली लगिएको हो ।  कोभिड संक्रमण भएर निको भएका खनाललाई फोक्सोमा पानी जमेको र रगतमा संक्रमण  भएको नर्भिक अस्पतालले जनाएको छ ।

खनालको ज्वरो घटेको छैन भने  लगातार खोकी लागिरहेको छ । उनलाई अस्पताल भर्ना भएदेखि अक्सिजनको सहयोगमा राखिएको थियो । पहिलेदेखि नै दिल्लीकाे एपाेलाे अस्पतालमा उपचार गराइरहेकाले परिवारले उतै लैजाने इच्छा व्यक्त गरेपछि उतै लगिएको नर्भिक अस्पतालले जनाएको छ ।

हिजो  खनाललाई २ पिन्ट रगत चढाउन खाेजेकोमा शरीरले एक पिन्ट भन्दा बढी नलिएको अस्पतालका जनसम्पर्क अधिकारी सोमनाथ बास्तोलाले जानकारी दिए ।  खनालकाे मिर्गौलामा यसअघि नै समस्या देखिएको थियो । पछिल्लाेपटक गरिएका स्वास्थ्य परीक्षणका  रिपोर्टहरु आउन बाँकी नै रहेकाे पनि उनले बताए ।

गत वैशाखमा खनाललाई कोरोना संक्रमण भएको थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *