रियलमीले बजारमा ल्यायो फ्लागशिप किलर रियलमी जिटी

काठमाडौं । स्मार्टफोन कम्पनी रियलमीले आधिकारिक रुपमा विश्व बजारमा बहुप्रतिक्षित मोबाइल फोन रियलमी फ्लागशिप किलर सार्वजनिक गरेको छ ।

जीटी सिरिज र पहिलो क्वालकम स्न्यापड्रागन ८८८ अन्तर्गत सञ्चालित यस फोनले उपभोक्तालाई उच्च गुणस्तरीय अनुभूतिहरु प्रदान गर्न कम्पनीले जनाएको छ ।

फ्लागशिप उत्पादनका साथै मध्यम देखि उच्च सेग्मेन्टको यस ब्राण्डमा मुख्यगरी गति–प्रेरित डिजाइन, सशक्त ऊर्जा शक्ति र निरन्तर स्थिर प्रदर्शन तीनवटा विशेषताहरु प्रदान गर्दछ ।

जोशिलो नीलो र जोशिलो चाँदी रंगको गरी ग्लास भर्जन दुई कलरमा आएको छ । फोनको पछाडि शुटिङ एरो प्याटर्न देख्न सकिन्छ, जुन गति र प्रगतिशीलताको प्रतीक भएको कम्पनीले जनाएको छ ।

यसैबीच भेगान लेदर संस्करण रेसिङ एलो रंगमा उपलब्ध छ, जुन मोबाइल फोन डिजाइनमा एकदमै विरल रङ्ग हो यो डवल टोन लेदर डिजाइनमा निर्माण भएको पहिलो उत्पादन हो, जुन अद्धितीय डिजाइन मात्र नभएर डिलक्स लुक्सका साथै फ्रिङ्गगरप्रिन्ट प्रतिरोध, एन्टी सोडर तथा एन्टी क्रयाक फिचर्सहरु रहेका छन् ।

रियलमी जीटी क्वालकम स्न्यापड्रागन ८८८ रहेको छ, जुन सम्भवतः सबैभन्दा परिस्कृत चिप हो । जसमा नयाँ प्रभावशाली एलपीडीडीआर ५ आरएएम र उच्चस्तरीय युएफएस ३.१ स्टोरेज रहेको छ । जसले विश्वभरका प्रयोगकर्ताका लागि फ्लागशिप ग्रेड प्रदर्शनका लागि काम गर्ने कम्पनीले उल्लेख गरेको छ ।

यसका विशेषताका रुपमा वजन १८६ ग्राम भन्दा कम र अधिक पातलो डिजाइनका बाबजुद यसमा ४५ सय एमएएच् ब्याट्री र ६५ वाट सुपरडर्ट चार्जिङ सपोर्टर रहेको छ जसले फोनलाई केवल ३५ मिनेटमा पूरा चार्ज गर्न सहयोग गर्छ ।

रियलमी जिटी हाल पोल्याण्ड, स्पेन, रसिया र थाइल्याण्डलगायत केही बजारमा उपलब्ध गराइएकोमा चाँडै विश्वभरका बजारमा पुर्‍याउने लक्ष्य लिइएको कम्पनीले जनाएको छ ।

कम्पनीले आफ्ना नयाँ पछिल्ला उत्पादनहरुलाई आधुनिक टेक्नोलोजी र थप फिचर्सको प्रयोग गरी स्मार्टफोन प्रयोगकर्ताहरुसम्म पुर्‍याउने बताएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *