यस्तो छ प्रदेश १ को बजेट, पुर्वाधारमा धेरै (पूर्णपाठसहित)

विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट विनियोजन गरेको छ । गतवर्ष ४० अर्बको बजेट ल्याएको सरकारले यो वर्ष बजेटको सिलिङ घटाएको छ । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ३२ अर्ब ४६ करोड ९२ लाख बजेट विनियोजन गरेको जनाएका हुन् ।

कुल विनियोजनमध्ये चालुतर्फ १४ अर्ब १६ करोड १५ अर्थात् ४३ दशमलव ६ प्रतिशत बजेट विनियोजन गरिएको छ भने पुँजिगततर्फ १५ अर्ब ५ करोड ३५ लाख अर्थात् ४६ दशमलव ३ प्रतिशत छ । स्थानीयत तहमा वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब २२ कराड ४२ लाख रहेको अर्थात् १० प्रतिशत रहेको बजेटमा उल्लेछ । वित्तीय व्यवस्थातर्फ ३ करोड रहेको छ ।

आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोतको अनुमानमा प्रदेश सरकारले प्रदेशको आन्तरिक राजस्व ४ अर्ब ९ करोड ७७ लाख, राजस्व बाँडफाँडबाट ९ अर्ब ८१ करोड ६६ लाख र संघबाट प्राप्त हुने समानीकरण अनुदानबाट ८ अर्ब ५६ करोड ७८ लाख, सशर्त अनुदान ५ अर्ब ९५ करोड ७७ लाख रहेको छ । समपुरक अनुदानमा १ अर्ब १६ करोड ४८ लाख रहेको बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

No description available.

विशेष अनुदानबाट ५९ करोड ३३ लाख गरी राजस्व वित्तीय हस्तान्तरणबाट ३० अर्ब २० करोड ७९ लाख खर्च व्यहोरिनेछ र बाँकी अपुग रकममा नगद मौजुदा रकमबाट २ अर्ब, वैदेशिक अनुदानबाट २६ करोड १३ लाख व्यहोरिने भनिएको छ ।

क्षेत्रगत बजेट यस्तो छ
प्रदेश १ मा कृषिलाई प्रथमिकतामा राखेको भनेको सरकारले समग्र कृषि क्षेत्रका लागि २ अर्ब ९० करोड बजेट छुट्याएको छ । कोभिडको महामारी देखाएर स्वास्थ्य क्षेत्रमा बढी रकम छुट्याइएको भनिएपनि स्वास्थ्यमा ३ अर्ब २५ करोड छ । त्यही हाराहारीको रकम ऊर्जा र सिचाईंमा छुट्याइएको छ । ऊर्जा र सिचाईंका लागि ३ अर्ब १५ करोड बजेट विनियोजन गरिएको छ। सरसफाइमा १ अर्ब ८२ करोड विनियोजन गरिएको छ । वन तथा वातावरणमा १ अर्ब ३६ करोड बजेट छ ।

महिला बालबालिका तथा सामाजिक सुरक्षामा जम्मा २१ करोड २७ लाख बजेट छ भने समग्र शिक्षा क्षेत्रमा १ अर्ब १९ करोड बजेट छुट्याइएको छ । युवा, खेलकुदका लागि १६ करोड छ भने उद्योग र वाणिज्य क्षेत्रका लागि १८ करोड विनियोजन गरिएको छ । पर्यटन क्षेत्रको विकासका लागि ८३ करोड ३८ लाख, पुष्पलाल चोक-विराटचोक सडकसहित स्रोत सुनिश्चित भई दायित्व सुनिश्चित भएको सडकको लागि ५ अर्ब २१ करोड विनियोजन गरिएको बजेटमा भनिएको छ ।

मुख्यमन्त्री ग्रामीण सडक, प्रदेशिक तथा स्थानीय सडकलाई ३२ करोड ७० लाख विनियोजन गरिएको छ । प्रदेश सरकारले प्रस्तुत गरेको बजेट तथा कार्यक्रमअनुसार भौतिक पुर्वाधार विकासमा सबैभन्दा धेरै १३ अर्ब २१ करोड बजेट छुट्याइएको छ ।

बजेटको पूर्णपाठ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *