प्रदेश १ मा स्वास्थ्यमा ३ अर्ब २५ करोड, राष्ट्रपति आमा सम्मान कार्यक्रम सञ्चालन गरिने

विराटनगर । प्रदेश १ सरकारले ‘राष्ट्रपति आमा सम्मान कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०७८/७९ को आय/व्ययको विवरण प्रस्तुत गर्ने क्रममा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङ्ले जन्म दिने आमाहरूप्रति सम्मानका लागि राष्ट्रपति आमा सम्मान कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरेको बताएका छन् ।

दुर्गम भेगमा रहेको अतिविपन्न परिवार र समुदायका महिला एवं समाजमा महत्वपूर्ण योगदान पुर्‍याएका आमाहरूको सम्मान गरिने बजेटमा उल्लेख गरिएको छ । यस्तै कार्यक्रमले सासुबुहारीको सम्बन्धलाई सुमधुर बनाउन उदाहरणीय काम गर्नेलार्ई सम्मान तथा पुरस्कृत गरिने बजेटमा भनिएको छ ।

महिलामा देखिने स्वास्थ्य समस्या समाधानका लागि अभियान संचालन गरिने‚ कोशी कोभिड अस्पताललाई प्रदेशिक प्रसुति तथा स्त्रीरोग अस्पतालका रुपमा रुपान्तरण गरिने बजेटमा भनिएको छ ।

बहुपोषण कार्यक्रम ८ जिल्ला, राष्ट्रपति आमा सम्मान, बालगृह, बाल हेल्पलाइन, शारीरिक अपांगता भएकालाई सहयोग, प्रज्ञा प्रतिष्ठान गठन हुने, प्रदेशभित्र बोलिने भाषालाई संवर्द्धन गरिने, छुवाछुतमुक्त प्रदेश, दलित समुदायको अधिकारसम्बन्धि ऐन जारी गर्ने पनि उल्लेख गरिएको छ । महिला बालबालिका तथा सामाजिक सुरक्षामा २१ करोड २७ लाख बजेट विनियोजन भएको छ ।

त्यस्तै मुख्यमन्त्री युवा उद्यमशिलता कार्यक्रमका लागि १० करोड विनियोजन गरिएको छ भने प्रदेश १ मा स्वास्थ्य क्षेत्रमा ३ अर्ब २५ करोड वनियोजन गरिएको छ । कोभिड नियन्त्रण, अस्पतालको स्तरोन्नति, औषधि उपचारलगायतमा बजेट विनियोजन गरिएको हो ।

विद्यालय सुधारका लागि २३ करोड ४९ लाख बजेट विनियोजन गरिएको छ भने मनमोहन प्राविधिक, मदनभण्डारी महाविद्यालयलगायत बालबालिकाको विद्यालयमा नियमित स्वास्थ्य जाँचलगायत प्रदेशको समग्र शिक्षा क्षेत्रमा १ अर्ब १९ करोड बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *