भाइरलको भोक

केही दिनअघि, चितवनकी सविता भण्डारी आफ्नै घरमा झुन्डिएको अवस्थामा भेटिइन् । परिवारले उनलाई चितवन मेडिकल कलेज पुर्याए । उनको उपचारकै क्रममा मृत्यु भयो । पोष्टमार्टम पछि, उनले आत्महत्या गरेको रिपोर्ट आयो ।

तर माईती पक्षले त्यसमा कैफियत देख्यो र माईती पक्षको अडान सविताको आत्महत्या होईन हत्या हो भन्ने रह्यो । उनलाई आत्महत्याको दुरुत्साह गरिएको दाबीहरु पनि आए ।

कतिपयका अन्तर्वार्ता हेर्दा यस्तो लाग्छ- आजकाल नेपालमा न्याय अन्याय छुट्याउने, सत्य गलत पत्ता लगाउने र न्याय दिलाइदिने काम यूट्युबरको नै हो ।

सविताले आफ्नी बहिनी सजनी र माईतीका अरु सदस्यसँग वैवाहिक जीवन सुखद् नरहेको बताएको श्रीमानले जाँडरक्सी खाएर कुटपिट गर्ने, ससुराले यौन दुब्र्यबहार गर्ने, आमाजु र सासुले दाइजो नल्याएको भन्दै घरेलु हिंसा तथा दुर्व्यवहार गर्ने गरेको भन्दै माइती पक्षले प्रहरीमा ‘किटानी जाहेरी’ दियो ।

प्रहरीले सविताका श्रीमान, सासु, ससुरा र आमाजुलाई पक्राउ गरि थुनामा राख्यो र मुद्दा दायर गर्यो । अदालतले आरोपिहरुलाई धरौटी लिएर तारिख छोड्ने फैसला गर्यो । मुद्दा चलिरहेको छ ।

अदालतमा मुद्दा चलिरहेकै छ । तर सामाजिक सञ्जाल खासगरि यूट्युव च्यानल र टिकटकमा यो विषय यति धेरै आएको छ कि जसले धेरै प्रश्नहरु जन्माएको छ । उसो त सविताको मृत्युको घटना एक प्रतिनिधि घटना मात्र हो । यसअघि पनि यस्ता विषयमा युट्युव च्यानल लगायत सञ्जालमा अतिरञ्जित गरिने गरिएकोप्रति पटकपटक प्रश्न उठ्ने गरेकै हो ।

आजकाल श्रीमान् श्रीमतीको नोकझोकको बिषय होस् या प्रेमी प्रेमिकाको खटपट सबैमा यूट्युबरका क्यामेरा तेर्सिइहाल्ने प्रवृत्ति बढ्दै गएको छ । अझ भ्युज बढाउनका लागि वा भाइरल हुनका लागि विषयलाई अतिरञ्जित गर्ने, उत्ताउला र हुँदै नभएका हेडलाइन राख्ने, नियम कानून र मानवीय मूल्य मान्यतासमेतको ख्याल नगरि कसैको चरित्र हत्या गर्ने वा मानमर्दन गर्ने क्रम चिन्ताको विषय भएको भनेर पटकपटक प्रश्न उठिरहेपनि यो विषय त्यतिकै सेलाउने गरेको छ ।

अझ भ्युज बढाउनका लागि वा भाइरल हुनका लागि विषयलाई अतिरञ्जित गर्ने, उत्ताउला र हुँदै नभएका हेडलाइन राख्ने, नियम कानून र मानवीय मूल्य मान्यतासमेतको ख्याल नगरि कसैको चरित्र हत्या गर्ने वा मानमर्दन गर्ने क्रम चिन्ताको विषय भएको भनेर पटकपटक प्रश्न उठिरहेपनि यो विषय त्यतिकै सेलाउने गरेको छ ।

मानिसको नीजि जीवन, गोपनीयता र ब्यक्तिगत स्वतन्त्रताको हक जस्ता कुराको वास्तै नगरि जथाभावी सामग्री प्रसारण गर्ने चलन झन् बढ्दो छ भने अर्कातिर कुनै घटनाका बारेमा आफूखुसी सामग्री पस्किँदा पीडितले पीडामाथि पीडा ब्यहोर्नुपर्ने अवस्था छ । कतिपयका अन्तर्वार्ता हेर्दा यस्तो लाग्छ- आजकाल नेपालमा न्याय अन्याय छुट्याउने, सत्य गलत पत्ता लगाउने र न्याय दिलाइदिने काम यूट्युबरको नै हो ।

सविताको मृत्यु प्रकरण पनि यो प्रवृत्तिबाट नराम्रोसँग गिजोलिएको छ । बिभिन्न हेडलाइन राखेर बनाइएका यूट्युब भिडियो छ्यास्छ्यास्ती पाइन्छन् । टिकटकमा अनेकौ भिडियो बनाइएको छ जबकी घटनाबारे न्यायालयबाट पुष्टि हुन बाँकी नै छ । यो र यस्ता घटनाले नेपालमा महिलाहिंसाको अवस्था र त्यसको परिणामबारे प्रकाश पारिदिएको कुरा महिला अधिकारकर्मीहरुले पनि राख्दै आएका छन् । तर सामाजिक सञ्जालमा सविताको मृत्यु प्रकरणलाई लिएर असाध्यै हल्का बहस गरेको र प्रयोगकर्ताले आफ्नो भ्यूज र सस्तो लोकप्रियताको लागि मृत्यु जस्तो संवेदनशिल बिषय प्रयोग गरेको प्रष्ट देखिन्छ । केही प्रयोगकर्ताले त सविताको गोप्य क्लिप्सहरु र त्यसमा प्रयोग गरिएको संवादको टिकटक भिडियो बनाएर सामाजिक सञ्जालभरि पोष्ट गरेका छन् ।

हुनपनि यूट्युबमा ह्यासट्याग जस्टिस फर सविता भन्डारी लेखेर पोष्ट गरिएको भिडियोमा छमछमी नाचेको पनि देखिएको छ । यसले मानिसको दुःखमा गरिने रमाइलो अर्थात् मानवीयता हराउँदै गएको देखाउँछ ।

घटनासम्बन्धि आवश्यक प्रमाणहरु प्रहरी र सम्बधित निकायलाई मात्र उपलब्ध गराउनुपर्नेमा त्यसो नगरि जतासुकै दिएर सविताको माइती पक्ष चुकेको महानगरिय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङ्ग बताउँछन् । यस्ता आपराधिक घटनालाई सामाजिक सञ्जालमा ल्याएर बहस गर्दा अदालतमा विचाराधिन मुद्दाका विषयमा प्रमाण नै हो भने पनि प्रहरी वा अदालतलाई दिनुपर्नेमा सञ्जालमा सार्वजनिक गर्नाले अपराधी भाग्ने वा प्रमाण मेटाउने संभावना धेरै हुने र अनुसन्धानलाई नै प्रभावित गर्ने उनले बताए ।

अर्कातिर, परिवारका सदस्यमा पर्ने मनोवैज्ञानिक असर र त्यसको परिणामपनि डरलाग्दो हुने खतरा रहन्छ । व्यक्तिको गोपनीयताको हकको हनन त हुने नै भयो । तर नेपालमा यस्ता घटनाबारे पोष्ट गर्ने, सामाग्री यूट्युबमा हाल्नेविरुद्ध न कडा कानुन छ न उजुरी नै पर्छ ।

हुनपनि यूट्युबमा ह्यासट्याग जस्टिस फर सविता भण्डारी लेखेर पोष्ट गरिएको भिडियोमा छमछमी नाचेको पनि देखिएको छ । यसले मानिसको दुःखमा गरिने रमाइलो अर्थात् मानवीयता हराउँदै गएको देखाउँछ । सविताकी बहिनीले पछिल्लोपटक सार्वजनिक गरिएको भिडियोमा यस्ता क्रियाकलापले पारिवारिक विक्षिप्तता बढ्दै गएको भन्दै अबदेखि कसैलाई घटनासँग सम्बन्धित सामग्री नराख्न आग्रह नै गरेकी छिन् ।

सामाजिक सञ्जालमा हुने स्वस्थ बहसले घटनाप्रति गम्भीर चासो दिन दबाब पुर्याउने भएपनि सस्तो लोकप्रियता र वा भाइरलको भोकले मानवीयतालाई कहिलेसम्म मार्ने हो यो भने चिन्ताको विषय बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *