थप ५१४७ जना कोरोनामुक्त, २९१८ मा संक्रमण, ५३ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टायता थप ५ हजार १४७ जना कोरोना संक्रमणमुक्त हुँदा २ हजार ९१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ९ हजार ४३८ पीसीआर र ५ हजार ३८१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २ हजार ४९ जनाको पीसीआर र ८६९ जनाको एन्टीजेनमा कोरोना पुष्टि भएको हो ।

यस्तै सोही अवधीमा ५३ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार हालसम्म नेपालमा ३२ लाख २४ हजार १६३ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *