धादिङ जिल्लामा एक महिने बजार अनुगमन

काठमाडौं । निषेधाज्ञा जारी भएसँगै उपभोक्ताबाट दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि भएको, म्याद गुज्रिएका सामग्रीको बिक्री बढेको गुनासो आउन थालेपछि धादिङ जिल्लामा एक महिने बजार अनुगमन गरिएको छ ।

धादिङ जिल्लामा निषेधाज्ञा जारी भएसँगै उपभोक्ताबाट दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि भएको, म्याद गुज्रिएका सामग्रीको बिक्री बढेको गुनासो आउन थालेपछि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुखसहितको टोलीले वैशाख २८ गतेदेखि सुरु गरेको बजार अनुगमन कार्य अहिले पनि जारी रहेको जनाएको छ ।

हालसम्म जिल्लाभर ११ स्थानीय तहमा कुल ३६४ पसल, फर्म, व्यवसाय वा उद्योगहरू अनुगमन गरिएको जनाएको छ । यस्तै सबैभन्दा धेरै नीलकण्ठ नगरपालिाकामा २०४ पटक र सबैभन्दा कम खनियाबास गाउँपालिाकामा २ पटक अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा अनुगमन गरिएका ३६४ मध्ये ४४ वटा १२.१ प्रतिशत फर्म, पसलहरू दर्ता नगरी सञ्चालन गरिएको पाइएको छ ।

अनुगमन गरिएका कुल ३६४ फर्म, पसलमध्ये ३५ ओटा अर्थात् ९.६५ प्रतिशत फर्मलाई नगद जरिवाना गरिएको छ । जरिवाना रकम ५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गरिएको थियो । अनुगमनका क्रममा जरिवानाबापत नेपाल सरकारलाई चार लाख पचहत्तर हजार राजस्व प्राप्त भएको छ ।

त्रिपुरासुन्दरी गाउँपालिकामा अनुगमनाको क्रममा २२ फर्म अनुगमन गर्दा ९ ओटा फर्म जरिवानामा परेको छ । सबै भन्दा बढि सोहि त्रिपुरासुन्दरी गाउँपालिकाबाट राजस्व उठेको छ ।

त्यहाँबाट १,२५,००० रुपैयाँ कुल राजस्वको २६.३२ प्रतिशत राजस्व उठेको हो । अनुगमनको क्रममा कुल ३६४ फर्ममध्ये ४७.८५ फर्ममा साइनबोर्ड राखिएको र ४८.६५ फर्ममा साइनबोर्ड नराखिएको भेटिएको छ ।

साथै ३.६५ व्यवसायीलाई साइनबोर्ड राख्नुपर्छ भन्ने समेत जनाकारी नभएको पाइएको छ । अनुगमन गरिएका ३६४ फर्ममध्ये ७३ वटामा मात्र मूल्यसूची रहेको पाइएको छ । भने २७७ वटा पसलमा मूल्यसूची नपाइएको जनाएको छ ।

बाँकी १४ व्यवसायीलाई मूल्यसूची राख्नुपर्छ भन्ने जानकारी नै नभएको पाइएको छ । ३६४ मध्ये १०४ फर्मले नापतौल उपकरण प्रमाणीकरण गराएको र १९२ फर्मले सोको प्रमाणीकरण नगराएको पाइएको छ । ६८ फर्मका सञ्चालकलाई नापतौल प्रमाणीत गराउनुपर्ने जानकारी नै नभएको जनाइएको छ ।

अनुगमन गरिएका ३६४ पसलमध्ये १६ वटा फर्म, पसलमा लेबल नभएका वस्तुहरू समेत भेटिएका छन् ।

जिल्ला प्रशासन कार्यालयका संयोजक प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्याय,प्रमुख, घरेलु तथा साना उद्योग कार्यालयका सदस्य किशोर सापकोटा, घरेलु तथा साना उद्योग कार्यालयका राजेन्द्र कोईराला, उपभोक्ता हित संरक्षण मञ्चका शिवराज सापकोटा,उपभोक्ता हित संरक्षण मञ्चका बेद बहादुर खाँड, प्रतिनिधि, राजकुमार श्रेष्ठ,प्रतिनिधि, अर्जुन सापकोटा,पत्रकार महासंघ प्रतिनिधि, विकास रौनियार,जिल्ला प्रशासन कार्यालयका नासु लिलाकान्त विक, सुरक्षाकर्मीहरू, उद्योग वाणिज्य संघका प्रतिनिधिहरू दीपक कार्की, नृपेश न्यौपाने (गल्छी), सुदीप रसाइली र राजाराम सिलवाल लगाएतका टोलीले अनुगमन गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *