डाँका चोरी मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ

धनगढी । डाँका चोरी मुद्दामा फरार रहेका व्यक्तिलाई कैलाली प्रहरीले आइतबार धनगढीबाट पक्राउ गरेको छ ।

डाँका चोरी मुद्दामा कैलाली अदालतको मिति २०६८/०३/३१ गतेको फैसलाले ६ वर्ष कैद र ४५ लाख ३८ हजार ५५० रुपैयाँ जरिवाना सुनाइएका धनगढी उप-महानगरपालिका- २ बस्ने ५० वर्षीय गोबिन्दराज अवस्थीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनी २०६५/०८/०५ गते कैलालीको साबिक मालाखेती गाविस वडा नम्बर ७ स्थित यार्सागुम्बालगायत नगद तथा जिन्सी सरसमान डाँका चोरीमा संलग्न रहेका थिए । जिल्ला अदालतको आदेशलाई पुनरावेदन अदालत दिपायल र सर्वोच्च अदालतले पनि सदर गरेको थियो ।

उनलाई जरिवाना र कैद भुक्तानका लागि खोज तलास गर्दै आएको प्रहरीले शनिबार धनगढी उप-महानगरपालिका- ३ बाट पक्राउ गरेको हो ।

उनलाई आइतबार कैलाली जिल्ला अदालतमा दाखिला गरी आवश्यक कैद भुक्तान र जरिवाना असुलीका लागि कैलाली कारागारमा पठाइएको कैलाली प्रहले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *