दाङमा गोली चलाएको अभियाेगमा एकजना पक्राउ

काठमाडौं । दाङको तुल्सीपुरमा एक युवकले गोली चलाएका छन् । खेतमा पानी लैजाने कुलोको विषयमा भएको विवादका क्रममा ती युवकले  गोली चलाएको दाङका प्रजिअ दीर्घनारायण पौडेलले मकालु खबरलाई जानकारी दिए । ‘१ राउण्ड गोली फायर गरेको रहेछन् । ब्ल्याङ्क फायर रहेछ । जनको क्षति भएको छैन’प्रजिअ पौडेलले भने ।

गोली चलाएको आरोपमा जिल्लाको तुल्सीपुर उपमहानगरपालिका–८ का पूर्णबहादुर वली पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख डीएसपी शिवबहादुर सिंहकाअनुसार विवाद भएपछि उनले हावामा गोली चलाएका थिए । प्रहरीले २१ वर्षे आकाश चौधरीलाई गिरफ्तार गरेको छ ।

प्रहरीले पेस्तोल र ६ राउन्ड गोली पनि बरामद गरेको छ । उक्त विवाद र घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *