सुदूपश्चिममा एमाले विवाद उत्कर्षमा : संसदीय दलको नेता नमान्न सभामुखलाई पत्र

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले संसदीय दलको नेताको हैसियतमा प्रकाशबहादुर शाहलाई स्वीकार नगर्न भन्दै सभामुखलाई पत्र पठाएको छ । प्रदेश कमिटीले नेता शाहले गरेका काम, कारबाही स्वीकार नगर्नसमेत अनुरोध गरेको छ ।

प्रदेश अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र रावलले बिहीबार सभामुख अर्जुनबहादुर थापालाई पत्र लेख्दै यस्तो अनुरोध गरेका हुन् ।

पत्रमार्फत शाहले पार्टी विरोधी र राजनीतिक आचरणविपरीत क्रियाकलाप गरेकाले उनीमाथि कारबाही प्रक्रिया थालिसकेको जानकारी गराइएको छ ।

पत्रमा संसदीय दलको विधान २०७८ समेत पार्टीबाट अनुमोदित नभएकाले संसदीय दलका नेता शाहले गर्ने काम कारबाही वैधानिक नहुने उल्लेख गरिएको छ ।

नेकपा एमालेको माधवकुमार नेपाल पक्षका शाह सहित १७ सांसदले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएपछि सुदूरपश्चिममा एमाले विवाद थप चर्किएको छ ।

भट्टको विपक्षमा मतदान गर्ने ओली पक्षका ७ जना प्रदेशसभा सदस्यलाईं संसदीय दलका नेता शाहले स्पष्टीकरण सोधेका छन् भने ओली पक्षीय प्रदेश कमिटीले नेता शाहसहित माधव पक्षका १७ जनासँग २४ घण्टे स्पष्टीकरण माग गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *