कर्णालीका ४ सांसदलाई पुनःबहाली गर्न सर्वोच्चकाे आदेश [पूर्ण पाठसहित]

काठमाडौं । सर्वोच्च अदालतले कर्णालीका चार प्रदेश सभा सदस्यलाई पुनःबहाली गरेको छ । । न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले चारजना प्रदेश सभा सदस्यलाई पुनःबहाली गरिदिएको हो ।

प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई निष्कासन गर्ने एमाले केन्द्रीय कमिटीको निर्णय र त्यसका आधारमा प्रदेश सभा सचिवालयले गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

फ्लोर क्रस गरेको भन्दै उनीहरुलाई पार्टीले कारबाही गरेको थियो । त्यसपछि उनीहरुले आफूहरुमाथिको कारबाही बदर गर्न माग गर्दै सर्वोच्चमा रिट हालेका थिए । सर्वोच्चले रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म निवेदकहरुलाई कर्णाली प्रदेश सभाको सदस्य तथा नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको सदस्य पदको हैसियतमा काम गर्न दिन आदेश दिएको हो ।

विपक्षी एमालेका ४ सांसदले ह्वीप उल्लंघन गरी कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाइदिएका थिए । उनीहरुमध्ये तीन जनालाई मुख्यमन्त्री शाहीले मन्त्री नियुक्त गरेका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *