सुदूरपश्चिम प्रदेश कमिटीले माग्यो माधव पक्षका १७ सांसदसँग २४ घण्टे स्पष्टीकरण

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले माधव नेपाल पक्षका १७ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ ।

पार्टीको निर्देशनविपरीत मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको भन्दै प्रदेश कमिटीले प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

उनले संसदीय दलका नेता प्रकाशबहादुर शाहसहितका १७ जना प्रदेशसभा सदस्यलाई नै स्पष्टीकरण सोधिएको बताए ।

मुख्यमन्त्रीको पक्षमा मतदान गर्नुको कारणसहित २४ घण्टाभित्र जवाफ पेश गर्ने समय दिएर स्पष्टीकरण सोधिएको एमालेका प्रदेश सचिव राजेन्द्र रावलले जानकारी दिए ।

यही जेठ १० गते पार्टीको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने गरेको निर्णयविरुद्ध विश्वासको पक्षमा मतदान गरेकाले स्पष्टीकरण सोधिएको जानकारी दिए ।

उनले चित्तबुझ्दो जवाफ नदिए पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिने बताए । मुख्यमन्त्री भट्टले विश्वासको मत लिने निर्णय गरेपछि एमाले संसदीय दलको बैठकले पार्टी निर्देशनविपरीत पक्षमा मत दिने निर्णय गरेको थियो ।

सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलमा सभामुखबाहेक २४ जनामध्ये दलका नेतासहित १७ जना नेपाल पक्षका छन् । अर्कोतर्फ एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाहले मुख्यमन्त्रीलाई विश्वास मत दिने निर्णयविरुद्ध ह्वीप उल्लंघन गरेको भन्दै ओली समूहका ७ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *