प्रधानमन्त्रीको सचिवालय भन्छ- सभामुखको पत्रबारे जानकारी छैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले सभामुख अग्निप्रसाद सापकोटाले पठाएको पत्रबारे जानकारी नरहेको बताएको छ । बुधबार सभामुख सापकोटाले समसामयिक विषयमा छलफल गर्नुपर्ने भन्दै प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीलगायत विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलक शीर्ष नेताहरुलाई पत्रमार्फत निम्तो पठाएका थिए । जसमा सभामुख सापकोटाले प्रधानमन्त्री ओलीलाईसमेत पत्राचार गरेका थिए । तर, प्रधानमन्त्री ओलीको सचिवालयले भने पत्रबारे जानकारी नभएको बताएको छ ।

प्रधानमन्त्री ओलीका सल्लाहकार डा. राजन भट्टराईले सभामुखको पत्रबारे जानकारी नरहेको बताए । अर्का एक नेताले मकालु खबरसँग भने— ‘सभामुखसँग अब सभामुखको हैसियतले बैठक बोलाउने आधार छैन ।’ यस्तै नेता सुवासचन्द्र नेम्वाङ्गले पनि पत्रबार आफू अनभिज्ञ रहेको बताए । भने— ‘पत्र आएको थाहा छैन । सञ्चारमाध्यमबाट थाहा चाहिँ भयो । पत्रै आएको कुरा मलाई चाहिँ थाहा छैन ।’

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच खासगरी पछिल्लो पटकको संसद् विघटन भएपछि सम्वादहीनता छ । सभामुख सापकोटाले यसअघि संविधानविद् तथा कानूनविद्हरुसँग परामर्श गरेका थिए । जहाँ उनीहरुले सभामुख सापकोटालाई संसद् जीवितै रहेको बताउँदै अधिवेशन बोलाउन राष्ट्रपतिलाई आह्वान गर्न सुझाव दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *