सभामुखले प्रधानमन्त्रीसहितका शीर्षस्थ नेतालाई छलफलमा बोलाए

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका शीर्षस्थ नेताहरुलाई छलफलका लागि पत्र पठाई छलफलमा बोलाएका छन् । सभामुख सापकोटाले बुधबार (आज) पत्र पठाई छलफलका लागि बोलाएका हुन् ।

सभामुख सापकोटाले संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुसमेतलाई बोलाएका छन् । पत्रमा उल्लेख भएअनुसार जेठ २८ गते संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा समसामयिक विषयमा छलफल हुनेछ ।

सभामुखले प्रधानमन्त्रीसँगै पूर्वप्रधानमन्त्रीलगायतलाई पनि बोलाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *