प्याब्सनका केन्द्रीय सल्लाहकार महर्जनको निधन

भक्तपुर । निजी तथा आवासीय विद्यालय संगठन प्याब्सनका केन्द्रीय प्राज्ञिक सल्लाहकार एवम् भक्तपुरका पूर्वअध्यक्ष राजकुमार महर्जनको निधन भएकाे छ ।

क्वेस्ट नेपालका अध्यक्ष, प्याब्सनका पूर्वकेन्द्रीय उपाध्यक्ष, प्याब्सन भक्तपुरका पूर्वअध्यक्ष महर्जन बालकोटस्थित माउण्ट भ्यू इङ्लिस बोर्डिङ् स्कुलका संस्थापक प्रिन्सिपल समेत रहेका महर्जनकाे उपचारका क्रममा मंगलबार निधन भएकाे हाे । ५२ वर्षीय  महर्जन कोभिड सङ्क्रमणका कारण गत वैशाख १२ गते बिएण्डबी अस्पताल ग्वार्कोमा भर्ना भएका थिए ।

उपचारको क्रममा कोरोना नेगेटिभ आइसकेपनि  निको भएको तर फोक्सोमा धेरै असर पुगेकाे र मधुमेहकाे समस्या पनि रहेकाले  बचाउन नसिकएकाे उनका दाजू श्याम महर्जनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *