विश्वासको मत नदिने सांसदलाई संसदीय दलले सोध्यो स्पष्टीकरण, चित्त नबुझे कारबाही

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने सात सांसदलाई एमाले संसदीय दलले स्पष्टीकरण सोधको छ ।

विश्वासको मतको विपक्षमा एमालेका सात सांसद पठानसिंह बोहरा, लिलाधर भट्ट, गेल्बुसिङ बोहरा, रतन थापा, माया तामा बोहरा, नेपालु चौधरी र बलदेव रेग्मीलाई संसदीय दलका नेता प्रकाशबहादुर शाहले स्पष्टीकरण सोधेका हुन् ।

नेता शाहले उनीहरूलाई स्पष्टीकरणका लागि २४ घण्टाको समय दिएका छन् । स्पष्टीकरण पत्रमा संसदीय दलको ह्वीप उल्लंघन गरी गम्भीर प्रकृतिको अनुशासनहीन कार्य गरेको आरोप लगाइएको छ ।

तोकिएको समयमा स्पष्टीकरण नदिए वा चित्तबुझ्दो जवाफ नदिए कारबाही गरिनेसमेत चेतावनी दिइएको छ ।

मंगलबार मुख्यमन्त्री भट्टले विश्वासको मत लिएका थिए । जसमा माधव नेपाल पक्षका १७ जनाले भट्टलाई विश्वासको मत दिएका थिए भने ओली पक्षका ७ जनाले विपक्षमा मतदान गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *