होण्डा सिबी ३५० डिएलएक्स अब नेपालमा

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनि प्रालिले बहुप्रतिक्षित होण्डाको सिबी ३५० डिएलएक्स गरेको छ ।

स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिका अध्यक्ष सौरभ ज्योतिद्वारा युट्यूबमा प्रिमियर गरिएको एक भिडिओमार्फत यो बाइकलाई हिजो नेपाली बजारमा सार्वजनिक गरिएको थियो ।

नेपालमा होण्डाको सिबी मोडलका बाइकहरुले एक विशेष पहिचान बनाएको जनाएको छ । यस सिबी ३५० डिएलएक्सले पनि नेपाली बाइकरहरुको मनमा एक छुट्टै स्थान बनाउन सफल हुने कुरामा होण्डाले विश्वास लिएको छ ।

३५० को नेपालमा आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यस बाइकमा ३५० सिसिको इन्जिन रहेको छ ।

मोर्डन फिचरहरुले भरिपूर्ण यस बाइक सिङ्गल टोनमा प्रिसियस रेड मेटालिक, म्याट मार्सल ग्रिन मेटालिक, पर्ल नाइट स्टार ब्ल्याक गरी ३ विभिन्न रङ्गहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल क्नसोल, रिङ्ग टाइप विंकरसहित एलएडि हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एण्ड सिल्पर क्लच् डिजिटल मिटर, लामो र आरमदायी सिट जस्ता यस बाइकको धेरैमध्येका केही विशेषताहरू भएको जनाएको छ ।

नेपाली बजारमा यस सिबी ३५० डिएलएक्स को मूल्य ७ लाख ५० हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *