किनाराबाट बालुवा चोर्नेलाई ३ हजार यूरोसम्म जरिवाना

आइल्यान्ड । सार्डिनियन किनारबाट बालुवा चोर्ने ४१ व्यक्तिविरुद्ध त्यहाँको स्थानीय निकायले शनिबार कारबाहीको लागि सिफारिस गरेको छ ।

अधिकारीका अनुसार सार्डिनिया किनाराको प्रतिष्ठित रुपमा संरक्षण गरिएको सेतो बालुवा त्यहाबाट झिक्न बन्देज गरिएकोमा टापुका बासिन्दाले आफूहरूको प्राकृतिक सम्पत्ति चोरी भइरहेको गुनासो गरेपछि कारबाहीका लागि सिफारिस गरिएको बिबिसीले जनाएको छ । सार्डिनियनको बालुवा तथा गिटी व्यापारलाई २०१७ मा गैरकानुनी घोषणा गरिएको थियो ।

हात लाग्ने जरिवाना भारी भएतापनि टापुका बासिन्दाहरुले उनीहरुको प्राकृतिक सम्पत्ति चोरी भइरहेको गुनासो गरिरहेका छन् । सार्डिनियन टापुमा घुम्न आउने यूरोपियन‚ इटालियन पर्यटकहरू सोभिनियरका लागि त्यहाँको बालुवा बोतलमा राखेर लैजाने गर्दछन् । कतिले त लिलामीका लागि अनलाइनमा समेत राख्ने गर्दछन् ।

अनुसन्धानको क्रममा त्यहाँका आर्मी तथा प्रहरीले विमानस्थलमा निरीक्षण गर्नुका साथै गैरकानुनी रुपमा अनलाइनमा बेच्न राखिएका सोभिनियरहरुको समेत खोजी गरिरहेका छन् । पर्यटकका लगेजमा लुकाइएका बालुवा भरिएका बोतलहरूलाई प्रहरीले एक्स रे मसिनको प्रयोग गरी नियन्त्रणमा लिएको घटना पनि बाहिर आउने गरेको छ ।

त्यहाँका एक प्रहरीले भने, ‘अहिले गैरकानुनी रुपमा अनलाइनमा उच्च मूल्यमा बेच्न राखिएको मेडिटेरियन आइल्यान्डको बालुवाको प्रकार भएको पत्ता लगाएका छौँ ।’

यस्ता गलत कार्य गर्ने जो कोहीलाई सार्डिनियन प्रहरीलाई बुझाई आइल्यान्डको क्षेत्रीय कानुनबमोजिम कारबाहीको दायरमा ल्याइएको छ । ती प्रहरीले भने, ‘यो वर्ष हामीले जरिवाना स्वरुप कम्तिमा पनि १३ हजार यूरो उठाइसकेका छौँ । गैरकानुनी रुपमा किनाराबाट ल्याइएका बालुवा तथा गिटीहरू सकेसम्म त्यही ठाउँमा पुर्‍याएका छौँ ।’

त्यहाँबाट चोरिएका सम्पदाको प्रचारस्वरुप फेसबुक प्रयोगकर्ताले समेत सार्डिनियाको मुद्दालाई विशेष रुपमा उठाउँदै सो कार्यलाई वातावरणीय संकटको रुपमा चित्रण गरेका छन् ।

वातावरणीय वैज्ञानिक तथा सार्डिनियन नागरिक पायर्लुगी कोक्कोले बिबिसीसँग भने‚ ‘पर्यटकहरू सार्डिनियामा आकर्षित हुनुको प्रमुख कारण त्यहाँको बालुवामय किनारा हो । तर केही पर्यटकलाई यो किनारा सोभियिर लिएर जाने थलो भएको छ ।’ वर्षेनी बालुवा घट्दै जाँदा पर्यटकको आगमनमा कमी आउनुका साथै मौसम परिवर्तनका कारण सामुद्रिक सतह बढ्ने खतरा समेत रहेको छ ।

आइल्यान्डको वन विभागले पनि भनेको छ यसरी बालुवा लैजाने क्रम नरोकिए लाखौँ वर्षदेखि बनेको सार्डिनियन किनारा पूर्ण रुपमा कुरुप र ध्वस्त हुने बताउँदै आएको छ । सन् २०१९ मा सार्डिनिया घुम्न गएका फ्रेन्च जोडीहरू आफ्ना बुटमा लुकाएको ४० केजी बालुवासहित समातिएका थिए । ती जोडीले बालुवा सोभिनियरका लागि लगेको र आफूलाई बालुवा लैजानु गैरकानुनी कार्य भन्ने थाहा नभएको बताएका थिए ।

प्रहरीले दक्षिणी सार्डिनिया किनाराबाट भरेर लैजाँदै गरिएको १४ प्लास्टिक बोतल बालुवासमेत बरामद गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *