नेपालमा रियलमी-८ सार्वजनिक, मूल्य कति?

काठमाडौं । विश्वभर तिव्र रुपमा आफ्नो बजार विस्तार गर्दै गएको स्मार्टफोन ब्राण्ड रियलमीले नेपाली बजारमा रियलमी-८ सार्वजनिक गरेको छ । मध्यम रेन्जको नम्बर सिरिज रियलमीको ख्याती प्राप्त सिरिज हो र, यो सिरिज तीन वर्षको अवधिमा ६ वटा जेनेरेसन अपग्रेड र ३ करोड ३० लाख विक्रीका साथ यो मोबाइल फोनको क्षेत्रमा उत्कृष्ट सिरिजका रुपमा देखा परेको छ ।

रियलमी-८ उत्कृष्ट विकासका साथ ६४ एमपी सेन्सर र नयाँ ट्रेन्डसेटिङ्ग फिचरहरुका साथ बजारमा ल्याइएको जनाएको छ । यसमा १ हजार निट्ससम्म उच्च ब्राइटनेसको सुविधा रहेको एमोलेड सुपर डिस्प्ले राखिएको जनाएको  छ ।

६४ एमपी एआई क्वाड क्यामेरा, तेजिलो फोटो र उत्कृष्ट रात्रीकालिन फोटो रियलमी-८ को मुख्य क्यामेराको रुपमा, ६४ एमपी क्यामेरा रहेको छ साथै ८ एमपीको ११९ डिग्री वाइड एङ्गगलसहित माइक्रो र ब्ल्याक एण्ड ह्वाइट प्रोटेट लेन्स सहित चार क्यामेरा ट्रेन्डसेटिङ्गका नयाँ फिचर रहेका छन् । टिल्ट-सीफ्ट मोडले वास्तविक दुनियाँलाई सानो गरेर देखाउने गरी रोमाञ्चक फोटोग्राफीको आनन्द दिन सक्छ ।

यसैगरी नयाँ स्तारी मोडले स्योरफायर ब्राइटनेसमा देखिने समस्या र फोटोमा आउने दानाहरु कम गरी गुणस्तरलाई सुधार गर्दछ । यसैगरी रियलमी ८ मा नियोन प्रोट्रेट, डायनामिक वोकेह, नयाँ एआई प्रोट्रेट र अन्य शैलीगत फिचरहरु रहेका जनाएको छ । १६ एमपी सेल्फी प्रोट्रेट क्यामेरामा एआई ब्युटि, प्रोट्रेट मोड र सुपर नाइटस्केप मोड रहेका छन् ।

दोहोरो दृश्य भिडियो फिचरले प्रयोगकर्ताका लागि रमाइलो र आकर्षक भिडियो लिन सहयोग गर्छ । यसैगरी यूआईएस म्याक्स भिडियो स्टयावील्याइजेसनले स्थिर र स्मुथ चलायमान भिडियो खिच्न सहयोग पुर्याउँछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *