आजै मेरो अन्तिम दिन हो भनेर काम गर्छु : स्वास्थ्यमन्त्री तामाङ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले ‘आज नै मेरो अन्तिम दिन हो’ भन्ने मान्यताका साथ काम गर्ने बताएका छन् । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पत्रकार सम्मेलन गर्दै नवनियुक्त स्वास्थ्यमन्त्री तामाङले भने— ‘म सधैं आजै मेरो अन्तिम दिन हो भनेर काम गर्नेछु । मैले भोलिपर्सि गर्छु, दिन बाँकी नै छ भनेर कहिल्यै काम गर्दिनँ । म सधैं आजै मेरो अन्तिम दिन हो भनेर काम गर्नेछु । म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’

यस्तै मन्त्री तामाङले आफूसम्बद्ध मन्त्रालयले गर्ने सम्पूर्ण काम पारदर्शीताको कसीमा जाँच्ने बताए । भने— ‘स्वास्थ्य मन्त्रालयले गर्ने सबै काम पारदर्शी हुनेछन् । सबै कामलाई पारदर्शीताको कसीमा जाँचिनेछन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *