याेगेशले भने-अध्यक्षकाे प्रस्ताब सकारात्मक

काठमाडाैं । नेकपा एमालेका नेता याेगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि गरेकाे आह्वान सकारात्मक रहेको बताएका छन् । सामाजिक सञ्जालमा प्रतिकृया दिंदै भट्टराईले कार्यदल स्तरकाे छलफललाई निरन्तरता दिनु सकारात्मक रहेको भन्दै अब शिर्ष तहमा बार्ता गरेर समाधान निस्कनेमा आफू सकारात्मक रहेको बताएका हुन् । उनले भनेका छन्-‘सारमा अध्यक्षको बक्तब्यले पार्टीको शिर्स नेत्रित्वका बिचमा सार्थक संबाद हुनेछ र नेकपा एमालेको एकतालाई अक्षुण राख्न मद्घत पुग्ने अपेक्षा गर्दछु । हजार माईलको यात्रा पहिलो पाईलाबाट नै शुरु हुन्छ ।’
उनको फेसबुक स्टाटस जस्ताकाे तस्तै
नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेकपा एमालेको एकताका लागि आज सार्वजनिक बक्तब्य मार्फत गर्नु भएको आह्वन मुलत सकारात्मक छ । कार्यदल स्तरको छलफललाई यो बक्तब्यले पुन निरन्तरता दिन बाटो खुलेको छ । पार्टीका जिम्मेवार नेता कमरेडहरु सम्मिलित कार्यदलले स्पस्ट गर्नु पर्ने र मिलाउनु पर्ने थप बिषयहरुलाई समाधान गर्ने छ । सर्बोच्चमा बिचाराधिन बिषयमा सबै संभावनालाई ख्याल गर्दै र मुलत संबिधानको रक्षा, लोकतान्त्रिक प्रकृयाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निश्कर्समा पुग्नु उपयुक्त हुनेछ । सारमा अध्यक्षको बक्तब्यले पार्टीको शिर्स नेत्रित्वका बिचमा सार्थक संबाद हुनेछ र नेकपा एमालेको एकतालाई अक्षुण राख्न मद्घत पुग्ने अपेक्षा गर्दछु । हजार माईलको यात्रा पहिलो पाईलाबाट नै शुरु हुन्छ ।








