थप ६६३६ जना कोरोनामुक्त, ३४७९ मा संक्रमण, ९९ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ६ हजार ६३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै आइतबार देशभर थप ३ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ४७१ जनाको पिसिआर र ३२६२ एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार २४ एन्टीजेटमार्फत ४५५ जना संक्रमित पुष्टि भएका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर ९९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ८९८ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *