पार्टीपङ्तिलाई सीके राउतको निर्देशन- निर्वाचनको तयारी थाल्नुस्

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले निर्वाचनको तयारीमा जुट्न पार्टीपङ्तिलाई निर्देशन दिएका छन् । अध्यक्ष राउतले शनिवार विज्ञप्ति जारी गर्दै आगामी कात्तिक २८ र मंसिर ३ गते तोकिएको निर्वाचनको तयारीमा जुट्न आह्वान गरेका हुन् ।

‘सम्पूर्ण नेता तथा कार्यकर्ताहरूमा ‘पार्टीको विजय नै हाम्रो विजय हो’ भन्ने भावना आत्मसात गरी २०७८ साल कार्तिक २६ र मंसिर ३ गते हुने प्रतिनिधि सभाको निर्वाचनको तयारीमा जुट्न र सुरक्षित तरिकाले निर्वाचनलक्षित घरदैलो, प्रचार–प्रसारजस्ता कार्यक्रमहरू सुचारू गर्न अनुरोध गरिएको छ,’ अध्यक्ष राउतले विज्ञप्तिमार्फत भनेका छन् । पार्टीको केन्द्रीय कार्यकारिणीको बैठक गत जेठ २२ गते बसेको थियो । बैठकले निर्वाचनलक्षित गतिविधि बढाउनेलगायतका ४ निर्णयहरु गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ ८ गते दोस्रो पटक प्रतिनिधि सभा भङ्ग गर्दै आगामी कात्तिक २८ र मंसिर ३ गते संघीय निर्वाचनको घोषणा गरेका छन् । अध्यक्ष राउतले सोबमोजिम पार्टीका नेता/कार्यकताहरुलाई यस्तो निर्देशन दिएका हुन् ।

पृथकतावादी अभियान सञ्चालन गर्दै आएका राउत २०७५ फागुन २४ गते मूलधारको राजनीतिमा मिसिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *