कोरोना अपडेट

६८ जनाकाे मृत्यु, ८२४३ संक्रमणमुक्त कति संक्रमित?

काठमाडौं । नेपालमा शनिबार थप ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ११ हजार ४७१ पीसीआर परिक्षणका क्रममा ३ हजार ५ सय ४० र ५ हजार ३ सय ४३ एन्टीजेन परिक्षणका क्रममा १ हजार ५ सय २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ८५ हजार १ सय पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ६८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ हजार ७ सय ९९ पुगेको छ । त्यस्तै थप ८ हजार २ सय ४३ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म नेपालमा ८ लाख ८४ हजार ३७३ जना संक्रमणमुक्त भएका छन् । हाल ९२ हजार ९२८ सक्रिय संक्रमित आइशोलेशनमा र ७३० जना क्वारेन्टाइनमा छन् भने हालसम्म ३१ लाख ३२ हजार ५९१ वटा पिसिआर र ६६ हजार ८ सय ८९ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *