यस्ताे बन्याे पुन:गठित मन्त्रीपरिषद

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुन:गठन गरेका छन्।   प्रधानमन्त्री ओलीले शुक्रबार ३ जना उपप्रधानमन्त्रीसहित १२ मन्त्री र २ जना राज्यमन्त्री राखेर मन्त्रिपरिषद् पुन:गठन  गरेका हुन् ।

मन्त्रिपरिषदमा जसपाका एक उपप्रधानमन्त्रीसहित ८ मन्त्री र दूई राज्यमन्त्री छन् भने एमालेका दूई उपप्रधानमन्त्रीसहित चार मन्त्री छन् । सात मन्त्रालय प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् । प्रधानमन्त्री ओलीले रक्षा, गृह, पर्यटन, सञ्चार, सामान्य प्रशासन, कृषि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय आफैसँग राखेका हुन् ।

यसअघि अर्थ मन्त्री रहेका विष्णु पौडेल उपप्रधानमन्त्रीमा बढुवा भएका छन् । उनले अर्थ मन्त्रालयकाे जिम्मेवारी नै सम्हाल्नेछन् । यस्तै यसअघि हटाइएका एमाले नेता रघुवीर महासेठ उपप्रधानसहित परराष्ट्र मन्त्री बनेका छन् । जसपाका नेता राजेन्द्र महतो उपप्रधानसहित शहरी विकास मन्त्री बनेका छन्।

उनीहरूले आजै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका छन्।

‌ओलीले यसअघिकाे मन्त्रीपरिषदबाट एमालेका चारजना मन्त्रीलाई मात्र यथावत राखेका छन् भने एमालेका दूईजना थप गरेका छन् । जसअनुसार  एमालेका शेरबहादुर तामाङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ।

बसन्त नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात, कृष्णगोपाल श्रेष्ठ शिक्षा र लीलानाथ श्रेष्ठ कानून मन्त्रीका रुपमा यथावत रहेका छन्।

जसपाबाट महतोसहित ८ जना मन्त्री र २ जना राज्यमन्त्री बनेका छन्।

जसपाबाट शरतसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाई, अनिल झा खानेपानी तथा सरसफाई, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया संस्कृति पर्यटन तथा नागरिक उड्यान, चन्दा चौधरी महिला, बालबालिका तथा जेष्ठ नागरिक, एकवाल मियाँ युवा तथा खेलकुद मन्त्री भएका छन्।

यस्तै चन्द्रकान्त चौधरी ऊर्जा र रेणुका गुरुङ महिला बालबालिका तथा जेष्ठ नागरिक राज्य मन्त्री बनेका छन्।

मन्त्रिपरिषद्को कार्यविभाजन

  • प्रधानमन्त्री केपी शर्मा ओली : रक्षा, गृह,सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन।
  • विष्णु पौडेल : उपप्रधानमन्त्री, अर्थ ।
  • राजेन्द्र महतो : उपप्रधानमन्त्री, शहरी विकास ।
  • रघुवीर महासेठ : उपप्रधानमन्त्री, परराष्ट्र ।
  • शेरबहादुर तामाङ : स्वास्थ्यमन्त्री ।
  • कृष्णगोपाल श्रेष्ठ : मन्त्री, शिक्षा ।
  • बसन्तकुमार नेम्वाङ : मन्त्री, भौतिक पूर्वाधार तथा यातायात ।
  • लीलानाथ श्रेष्ठ : मन्त्री, कानून न्याय तथा संसदीय मामिला ।
  • शरतसिंह भण्डारी : मन्त्री, ऊर्जा ।
  • अनिल झा : मन्त्री, खानेपानी तथा सरसफाई ।
  • विमल श्रीवास्तव : श्रम तथा रोजगार ।
  • उमाशंकर अरगरिया : मन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्यान ।
  • लक्ष्मणलाल कर्ण : मन्त्री, भूमि व्यवस्था ।
  • चन्दा चौधरी : मन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक ।
  • एकवाल मियाँ : मन्त्री, युवा तथा खेलकुद ।
  • चन्द्रकान्त चौधरी : राज्यमन्त्री, ऊर्जा ।
  • रेणुका गुरुङ : राज्यमन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 17 =