धर्तीको स्वर्ग अर्थात् मेरापीक [तस्बिरहरु]

सोलुखुम्बु । सोलुखुम्बु अर्थात् हिमालै हिमालको जिल्ला । विश्वकै सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मि.) देखि ल्होत्से (८५१६ मि.), चोयु (८,२०१ मि.), ग्याचुङगाङ (७,९५२ मि.), नुबचे (७,८५५ मि.), चामलाङ्मा (७,२७६ मि.), पुमोरी (७,१६१ मि.), आमाडब्लम (६,८१२ मि.) थाम्सेर्कु (६,६२३ मि.), नुम्बुर (६,९५७ मि.), ल्होचेशर (८,४०० मि.), पासाङ्ल्हामू (७,३५१ मि.) लगायतका हिमाल पनि यही जिल्लामा पर्दछन् ।

हिमाल मात्र होइन सोलुखुम्बुमा उच्च पर्वतीय क्षेत्रहरु पनि टन्नै छन् । मेरापीक, पीकेडाँडा, कालापत्थर, मौले खर्क, दुधपोखरी, लामचुरा, धर्मपीक, रान्नाङ्गे डाँडालगायतका उच्च पहाडी क्षेत्र यसै जिल्लामा पर्नाले पनि सोलुखुम्बु पर्यटकको साङ्ग्रिला भनेर पनि चिनिन्छ ।

मनमोहक दृष्यका कारण हिमाली क्षेत्रलाई धर्तीको स्वर्ग पनि भन्ने गरिन्छ । यस्तै धर्तीको स्वर्गमध्येको एक ठाउँ हो मेरापीक । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका परिवेशको ६,४७० मिटरमा अवस्थित मेरापीकका तस्बिरहरु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *