बाबुरामको व्यङ्ग्य- गोरु दुहेर केही हुन्न है !

काठमाडौँ । जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले गोरु दुहेर केही नहुने भन्दै व्यङ्ग्य गरेका छन् । उनले नेकपा एमालेमा भइरहेको एकता प्रयासलाई लक्षित गर्दै यस्तो व्यङ्ग्य गरेका हुन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले उनले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबाट इतर पक्षले केही नपाउने भन्दै व्यङ्ग्य गरे । गलत बाटो हिँडिरहेका प्रधानमन्त्री केपी शर्मा ओली अहिलेबाट आशा गर्नु बेकार भएको उनको टिप्पणी छ ।

बेठीकका विरूद्ध विद्रोह गर्नु मानव अस्तित्वको सार भएको डा. भट्टराईको भनाई छ । ‘अहिले प्रतिगमनको मूली बनेका ओलीविरुद्ध विद्रोह गर्न हाम्रा युवा नेताहरू किन आनाकानी गरिरहेछन् ?’ उनको प्रश्न छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 11 =