नेपाल समूहका ४ नेताको पत्र

‘ओलीको जालमा नफसौँ, नयाँ बाटो तय गरौँ’

काठमाडाैँ । नेकपा एमालेका नेता माधवकुमार नेपाल निकट चार नेताले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई सत्तामा राखी रहने गरी कुनै पनि हालतमा सम्झौता गर्न नहुने बताएका छन् । नेता झलनाथ खनाल र नेपाललाई सम्बोधन गर्दै लेखिएको पत्रमा जगन्नाथ खतिवडा, विजय पौडेल, प्रकाश ज्वाला र राजेन्द्र राईले यस्तो बताएका हुन् ।

सहमतिका लागि भन्दै ओलीले चालेको पछिल्लो चालबाजी सर्वोच्च अदालतबाट मुद्दा फिर्ता गराउनु मात्रै भएको उनीहरुको निष्कर्ष छ । सहमतिका लागि भनेर बनाइएको कार्यदलका संयोजक सहितलाई कारबाही गरिसकिएको अवस्थामा अझै वार्ता गर्ने भन्दै अल्झिरहनुमा कुनै अर्थ नहुने पत्रमा ठहर गरिएको छ ।

पार्टीमा विद्रोह गर्न हजारौ कार्यकर्ता तयार भएको बेलामा त्यसलाई तुहाइदिने काम ग¥यो भने नेताप्रतिको विश्वास नरहने पनि उनीहरुले चेतावनी छ । वार्ता गर्ने कार्यदलको औचित्य समाप्त भइसकेको निष्कर्ष निकाल्दै उनीहरुले वार्ताको नाममा अलमलिने कामलाई तत्काल बन्द गर्न आग्रह गरेका छन् ।

‘नयाँ आधारमा नयाँ राजनीतिक बाटो तय गरौं र देशलाई प्रतिगमन, राष्ट्रघात, फिजीकरण गर्ने गुरुयोजनालाई परास्त गर्न लागौँ,’ उनीहरुको आह्वान छ ।

हेर्नुहोस् पत्रको पूर्णपाठ :- पूर्णपाठ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *