प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् आह्वान, के हो एजेण्डा ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । सरकारी निवास बालुवाटारमा साँझ ६ बजे बस्नेगरी बैठक आह्वान गरिएको मन्त्री प्रदीपकुमार ज्ञवालीले मकालु खबरलाई जानकारी दिए । ‘नियमित बैठक हो । वर्तमान अवस्थाबारे पनि कुराकानी होला,’ मन्त्री ज्ञवालीले भनेका छन् ।

बैठक नियमित भएपनि बैठकमा महत्वपूर्ण विषयमा छलफल तथा निर्णयसमेत हुनसक्ने प्रधानमन्त्रीनिकट एक नेताले बताए । ती नेताकाअनुसार बैठकमा कारागारमा रहेका जनता समाजवादी पार्टी (जसपा) का नेता कार्यकर्ता रिहा तथा मुद्दा फिर्तासम्बन्धी केही निर्णय हुनसक्नेछ । ती नेताले भनेका छन्— ‘जसपा नेताहरुको रिहासम्बन्धी पनि बैठकले छलफल हुने भनिएको छ क्यारे । छलफल होला अनि आवश्यक परेमा निर्णय पनि होला ।’

मन्त्रिपरिषद् बैठकअगावै जसपा नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्णलगायतका नेताहरु बालुवाटार जाने बुझिएको छ । सरकार र थरुहट संघर्ष समितिबीच हालै भएको वार्तामा टीकापुर घटनालगायत विभिन्न आन्दोनमा पक्राउ परेका र मुद्दा चलेकाहरूको रिहाइ र मुद्दा फिर्ताको पहल गर्ने सहमति भएको थियो ।

आजै ४ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक भने ओलीले अन्तिम समयमा आएर स्थगित गरेका छन् । ठाकुर—महतोपक्षीय जसपाले ओली नेतृत्वकै सरकारमा जाने बताइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *