लायन्स क्लबद्धारा वीपी प्रतिष्ठानलाई कोभिड मेशिन हस्तान्तरण

काठमाडौं । आक्रामक रुपले फैलिरहेको कोरोना महामारीको नियन्त्रण गर्ने उद्देश्यले धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई लायन्स क्लब अन्तरराष्ट्रिय डिस्ट्रिक्ट ३२५ ए १ नेपालले फाइनकेयर थ्री प्लस घ एगिक नामक मेसिन हस्तान्तरण गरेको छ ।

यस मेसिनबाट कोभिड परीक्षणका अतिरिक्त कोभिड भएका बिरामीको सिआरपी, पिसिटी, आइएलसिक्छलगायत अन्य चेक जाँच गर्नुका साथै कोभिड ठीक भएर घर फर्किएका बिरामीमा पनि पूर्ण रुपले ठीक भए/नभएको समेत पत्ता लाग्ने जनाइएको छ ।

यस मेसिनको मूल्य करिब नेपाली ८ देखि ९ लाख पर्ने बताइएको छ । यो मेसिन हालसम्म काठमाडौंस्थित गंगालाल अस्पताल, विराटनगरस्थित कोशी अञ्चल अस्पताल र अब धरानको वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्र रहेको समेत जनाइएको छ ।

यी तीनै स्थानमा बिएसआर बोइ टिच लैनचौर काठमाडौंको सहयोगमा लायन्स क्लब अन्तरराष्ट्रिय डिस्ट्रिक्ट ३२५ ए १ नेपालले हस्तान्तरण गरेको हो ।

बिएसआर बोइ टिचका डाइरेक्टर दिपेश भण्डारीले महामारीको समयमा देशका विभिन्न ठाउँमा यो मेसिन पुर्‍याउन सके कोभिड उपचारमा धेरै सहज हुने भन्दै लायन्स मार्फत निःशुल्क सहयोग गरिरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + five =