हालसम्मकै उच्च विन्दुमा नेप्से परिसूचक, झण्डै १७ अर्बको कारोबार

काठमाडौं । नेप्से परिसूचक साताको अन्तिम दिन बिहीबार पनि नेप्सेमा उछाल देखिएको छ । बुधबार ५५ अंकले बढेको परिसूचक बिहीबार २९.६४ अंकले बढेर २८५६.७७ अंकमा पुगेको हो । बिहीबार नै २८७५.६३ अंकमा पुगेर परिसूचक हालसम्मको उच्च विन्दु छोएको थियो ।

बिहीबार १६ अर्ब ९० करोड ७० लाख २० हजार २८६ रुपैयाँमा ३ करोड ४६ लाख ९१ हजार ३१२ कित्ता सेयर कारोबार भएको छ । गत आइतबार मात्र हालसम्मकै उच्च १७ अर्ब २ करोड ८४ लाख ३२ हजार २४४ रुपैयाँको सेयर कारोबार भएको थियो ।

बिहीबार विकास बैंक, होटल तथा पर्यटन र फाइनान्स कम्पनीको सेयर मूउल्य बढेका छन् । निर्जीवन बीमा कम्पनी, जलविद्युत् कमपनी र ट्रेडिङको परिसूचक राता भएका छन् ।

यो दिनमञ्जु श्री फाइनान्स र महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । साथै गोर्खाज फाइनान्सको ९.६८ प्रतिशतले सेयर मूल्य बढेको छ भने ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य९.५५ प्रतिशतले बढेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *