एमाले स्थायी कमिटी बैठक पुनः स्थगित

काठमाडौं । सत्तारुढ एमालेको स्थायी कमिटी बैठक पुनः स्थगित भएको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङकाअनुसार बैठक पुनः स्थगित भएको हो । सचिव तामाङकाअनुसार अपराह्न ४ बजेका लागि बोलाइएको बैठक आवश्यक तयारी नपुगेको कारण पुनः स्थागित गर्नुपरेको हो । ‘तयारी नपुगेपछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्नु परिहाल्यो,’ तामाङले भनेका छन् ।

स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ्गले भने आफूहरु पार्टीलाई एक बनाउनेगरी तयारीमा जुटेको र तयारी नपुगेकै कारण पुनः स्थागित भएको बताए । ‘हामी पछिल्लो एमालेकेन्द्रित राजनीतिक समस्याको कसरी सेफ ल्याण्डिङ्ग गर्ने भन्नेतिर केन्द्रित भएका छौँ । तयारी पुगेन,’ नेम्वाङ्गले भनेका छन् ।

बुधबार (हिजो) बोलाइएको बैठक पनि अध्यक्ष केपी शर्मा ओलीले अन्तिम समयमा स्थगित गरेका थिए । त्योभन्दा अगाडि मंगलबारको बैठकले भने अन्तिम समयसम्म एकताको प्रयास गर्ने निर्णय गरेको थियो ।

यता विपक्षी एमालेको केन्द्रीय कमिटी बैठक जारी छ । बैठकमा सत्तारुढसँग भएको वार्ता प्रगतिको बारेमा छलफल तथा ब्रिफिङ्ग भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *