अब वर्कसप पनि खोल्न पाइने

काठमाडाैँ । निषेधाज्ञामा किराना तथा खाद्य पसलसहित डिपार्टमेन्टल स्टोर सञ्चालनमा लगाइएको रोक केही खुकुलो पार्दै अब सवारी साधन मर्मत गर्ने वर्कसपसमेत खोल्न पाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

तीनै प्रमुख जिल्ला अधिकारी बैठकले ३१ वैशाखसम्म निषेधाज्ञा थप गरी खाद्यान्न किराना पसल, डिपार्टमेन्टल स्टोर, सवारी साधन मर्मत गर्ने वर्कसप बिहान ९ बजेसम्म खुला गर्ने पाइने निर्णय गरेको छ । तरकारी तथा फलफुल थोक बजारमा फुटकर बिक्री वितरण भने गर्न पाइनेछैन । स्थानीय ढुवानी राति ९ बजेपछि बिहान ९ बजेसम्म मात्र गर्न पाउनेछ ।

तरकारी फलपूmल, खाद्यान्न दूध, डेरी, मासु, खानेपानी, ग्यास पसल, किराना, डिपार्टमेन्टल स्टोर र वर्कसपले कम्तीमा दुई मिटर भौतिक दूरी कायम गर्नुपर्नेछ । यसैगरी, अनिवार्य सेनिटाइजर व्यवस्था र स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ । यदि तोकेबमोजिम स्वास्थ्य मापदण्ड परिपालना नगरेको अनुगमन क्रममा भेटिएमा पसल बन्द गराउन सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । -राजधानी दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *