अज एस्किलपियसले पठाएको सय थान हाइड्रोजन अक्सिजन जेनेरेटर सिसीपी नेपाल आयो

काठमाण्डौ । चिनको संघाइमा रहेको प्रसिद्ध स्वास्थ्य कम्पनी अज एस्किलपियसले उपलब्ध गराएको सय थान हाइड्रोजन अक्सिजन जेनेरेटर चिनिया कम्युनिस्ट पार्टीमार्फत नेपाल भित्रिएको छ ।
कोरोना महामारीको नियन्त्रणका लागि चिनियाँ कम्युनिस्ट पार्टीको आग्रहमा अज एस्किलपियस कम्पनीले अत्यधुनिक प्रविधिका उपकरणहरु नेपाल पठाएको हो ।
कम्पनीका प्रमुख लिन हसिन्याङ्गले सिपिसी मार्फत सय थान हाइड्रोजन अक्सिजन जेनेरेटर नेपाल पठाइसकिएको जनाएका छन् ।
गत जेठ १२ गते (मे २६) का दिन चिनियाँ कम्युनिस्ट पार्टीले आयोजना गरेको नेपालका सबै राजनीतिक पार्टीका मुख्य नेता सम्मिलित सर्वदलीय जुम बैठकमा कम्पनीका प्रमुख लिन हसिन्याङ्गलले यस्तो महामारीको बेलामा नेपाललाई सहयोग उपलब्ध गराउन पाएकोमा खुसी व्यक्त गरका थिए ।
उनले हज्यो किष्लनरंग टेक्नोलोजी ग्रुप कम्पनीले पनि नेपाललाई ६ लाख एन नाइन्टी फाइब मास्क उपलब्ध गराएको जनाएका छन् ।









