जसपा विवाद

ठाकुर-यादवलाई निर्वाचन आयोगले भन्यो : पत्रमा कारबाही पुष्टि हुने आधार छैन, फेरि पठाउनु

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवलाई पत्र पठाएको छ । आयोगका सहायक प्रवक्ता कोमलपसाद धमलाकाअनुसार ढाँचा नपुगेको भन्दै जसपाका दुवै अध्यक्षलाई पत्र पठाइएको हो ।

यादवपक्षीय जसपाको गत सोमबार बसेको कार्यकारिणी समितिको बैठकले ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो । तत्पश्चात् उक्त निर्णय कार्यान्वयन गरिदिनका लागि मंगलबार (हिजो) आयोगलाई पत्राचार गरेको थियो भने लगत्तै ठाकुर पक्षले पनि अध्यक्ष यादवलाई पार्टीबाट निष्कासन गरिदिन पत्र पठाएको थियो ।

तर, आयोगले दुवै पक्षले पठाएको पत्र नियमावलीको अनुसूचीको ढाँचामा नभएकाले पुनः पत्र लेख्न भनेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । उनले भने— ‘अहिले दुवै पक्षलाई अनुसूचीको ढाँचामा विवरण पेश गर्न लेखेर पठाएका छौँ । ठाकुरलाई भने केन्द्रीय समितिको सदस्यको हस्ताक्षरसहितको निर्णयको प्रतिलिपि पनि पनि पठाउनु भनिएको छ ।’

श्रेष्ठकाअनुसार यादवले पठाएको पत्रमा भने केन्द्रीय समितिको सदस्यको हस्ताक्षर पनि समावेश गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *