जिब्रो चिप्लिएर प्रदेश सांसदले दिए कोरोना संक्रमितलाई श्रद्धाञ्जली, विपक्षी दलका सदस्यले जनाए आपत्ति

काठमाडौं । बागमती प्रदेश सभाका सदस्य नारायणबहादुर सिलवालले प्रदेश सभाको बैठकमा कोरोना संक्रमितलाई श्रद्धाञ्जली दिएपछि सामाजिक सञ्जालमा आलोचना भएको छ ।

बैठकमा सिलवालले रोस्टममा उभिएर करिब ८ मिनेटसम्म बोले पनि श्रद्धाञ्जली दिएको भेउ नपाएपछि विपक्षी दलका प्रदेश सभा सदस्यले आपत्ति जनाए ।

विपक्षी दलका सदस्यको आपत्तिपछि प्रदेश सभाका कर्मचारीसँग सल्लाह लिएर उपसभामुख राधिका तामाङले श्रद्धाञ्जली शब्द रेकर्डबाट हटाउन निर्देशन दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =