एमाले स्थायी कमिटी बैठक पुनः स्थगित

काठमाडौं । एमाले स्थायी कमिटी बैठक पुनः स्थगित भएको छ । कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ्गकाअनुसार आज ४ बजेका लागि बोलाइएको बैठक पुनः भोलि मात्रै बस्ने भएको हो । ‘सरेको जानकारी प्राप्त भयो । किन सर्यो भन्नेबारे खुलाइएको छैन,’ नेम्वाङ्गले भनेका छन् ।

यता एमाले कार्यालय सचिव शेरबहादुर तामाङले भने आवश्यक तयारी नपुगेका कारण बैठक पुनः स्थगित गर्नुपरेको बताए । भने— ‘समय तय भइसकेको थियो । समय अपुग भयो र फेरि स्थगित गनुपर्यो ।’

बैठकमा पार्टी एकताका लागि दोस्रो तहका नेताबीच भएका छलफलबारे ब्रिफिङ्ग गर्ने, बजेट र लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उपनिर्वाचनलगायतका विषयमा छलफल हुने तयारी थियो ।

यसअघि गत आइतबारका लागि बोलाइएको बैठक पनि सोमबार हुँदै मंगलबार मात्रै बसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *