नेप्सेमा उछाल, ५५ अंकले बढ्दा ११ अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा बुधबार उछाल देखिएको छ । परिसूचक ५५.७६ अंकले बढेर २८२७.१२ विन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक समेत ७.८३ अंकले बढेर ५०५.१५ बिन्दुमा पुगेको छ ।

यस दिन ११ अर्ब ३५ करोड १८ लाख १५ हजार ३ सय ५६ रुपैयाँमा २१९ कम्पनीका २ करोड २६ लाख १३ हजार २९ कित्ता सेयर खरिद बिक्री भएको छ ।

यस दिन सानिमा माइ हाइड्रो पावर, राष्ट्रिय विमा कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । पोखरा फाइनान्स, मञ्जुश्री फाइनान्स लगायत कम्पनीका सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेका छ ।

यस दिन म्युचुअल फण्डबाहेक सबै कम्पनीका समूहगत परिसूचक हरिया भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *