बजेटले निजी क्षेत्रको मनोबल उच्च : सुनचाँदी ब्यवसायी महासंघ

काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले आर्थिक वर्ष २०७८/७९ को बजेटको स्वागत गरेको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८÷७९ को वार्षिक बजेटले कोभिड–१९ को मारबाट शिथिल बनेको अर्थतन्त्र र सामाजिक जन–जीवनका हरेक क्षेत्रमा सहुलियत एवं राहतको व्यवस्थाको साथै अर्थतन्त्रको पुनरोत्थानका लागि गरिएको प्रक्षेपण सहितको पहल व्यावहारिक र सकारात्मक भएकोले ठहर गरेको छ ।

यसैगरी स्वदेशी उद्योगका लागि सीपयुक्त जनशक्तिको आपूर्ति र परंपरागत पेशा एवं सीप विकासको लागि विभिन्न किसिमका तालिमको व्यवस्था गरिने बिषय बजेट वक्तव्यमा उल्लेख हुनु उत्साहजनक रहेको महासंघले ठहर गरेको छ । वहुमूल्य गहना निर्माणको लागि कालिगढ तालिम दिइएमा युवा पुस्ताले उच्च पारिश्रमिक पाउने रोजगारी स्वदेशमा नै प्राप्त गर्न सक्ने महासंघको विश्वास छ ।

महामारीका कारण अर्थतन्त्रका विविध क्षेत्रले काम नै गर्न नसकेकोले आर्थिक वृद्धिदर ऋणात्मक हुन पुगेको अवस्थामा महामारीमाथि नियन्त्रण गरी अर्थतन्त्रलाई सुचारु तुल्याई वार्षिक ६ प्रतिशतको वृद्धिदर हाँसिल गर्ने अठोट र प्रतिवद्धता सहितको प्रक्षेपणले निजी क्षेत्रको मनोबल बढाएको बताएको छ ।

यसैगरी सुर्खेतमा स्वदेशी रत्न, पत्थरको प्रशोधन तथा प्रवद्र्धनका लागि निजी क्षेत्रसँगको सह–कार्यमा परियोजना सञ्चालन गर्ने कार्यक्रम बजेटमा समावेश हुनुले आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन, रोजगारी विस्तार, राजस्व अभिवृद्धि आदि क्षेत्रमा ठोस योगदान पुग्ने विश्वास गर्न सकिन्छ ।

वहुमूल्य गहनाको निर्यात विस्तारको प्रशस्त संभावना रहेको भएपनि त्यसतर्फ भने बजेटले छुन नसकेकोले आगामी मौद्रिक नीतिमार्फत त्यसको सम्वोधन हुने महासंघले जनाएको छ । यसले निकासी पैठारी विचको चरण विभेद हटाउन समेत सहसयोगी भूमिका खेल्ने श्विास महासंघले गरेको छ । सुनको चरम अभावले यस व्यवसायको भविष्य माथि नै गम्भीर चुनौती उत्पन्न हुने गरेको छ । त्यसैले सुनको आयातमा विगत लामो समयदेखि कायम रहेको परिमाणात्मक वन्देज र एकाधिकारको अन्त्य गर्न पनि पहल हुने अपेक्षा महासंघको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =