सुदूरपश्‍चिमका नवनियुक्तमन्त्री र सचेतकको संयुक्त वक्तव्य- कारबाहीको सिफारिस षड्यन्त्रपूर्ण र अनुचित

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा एमालेको तर्फबाट सहभागी भएका नवनियुक्त मन्त्री र सचेतकले पार्टीको प्रदेश कमिटी गरेको कारबाहीको सिफारिस षड्यन्त्रपूर्ण र अनुचित भएको बताएका छन् । संयुक्तरूपमा वक्तव्य जारी गर्दै उनीहरूले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

एमाले प्रदेश कमिटीले नवनियुक्त तीन मन्त्री, तीन राज्यमन्त्री र संसदीय दलका सचेतकले स्पष्टीकरण पेश नगरेको भन्दै साधारण सदस्यबाट निष्काशनका लागि केन्द्रलाई सिफारिस गरेको थियो । तर नवनियुक्त मन्त्री र सचेतकले भने आफूहरूलाई आधिकारिक रूपमा स्पष्टीकरणको पत्र नै नपठाएर स्पष्टीकरण दिएन भन्नु आश्चर्यजनक भएको बताएका छन् ।

‘केन्द्रीय कार्यालयमा प्रेसित पत्रमा स्पष्टीकरण सोधिएको तर जवाफ नआएकोले कारबाहीका लागि सिफारिस गरिएको भनि उल्लेख गरिएको पाउँदा आश्चर्य लागेको छ । हामी कसैलाई पनि कुनै किसिमको स्पष्टीकरण सोधिएको पत्र पठाइएको वा आधिकारिक सूचना दिइएको छैन्,’ नवनियुक्त ६ मन्त्री र सचेतकद्वारा जारी वक्तव्यमा भनिएको छ ।

कोरोना भाइरसको महामारीको समयमा सरकारबाट फिर्ता हुनुभन्दा सरकारमै रहेर प्रभावकारी काम गर्नु उपयुक्त हुने भएकाले संसदीय दलको निर्णयअनुसार सरकारमा सहभागी भएको पनि उनीहरूले वक्तव्यमार्फत स्पष्ट पारेका छन् ।

‘आवश्यक कारवाहीका लागि सिफारिस भएको भन्नु षड्यन्त्रपूर्ण र अनुचित छ,ु वक्तव्यमा भनिएको छ, ‘पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने लगायतका आरोप निराधार र गलत छन् ।’

सोमबार प्रदेश कमिटीले भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउद, आर्थिक मामिला तथा योजना राज्यमन्त्री अर्चना गहतराज र एमाले संसदीय दलकी सचेतक दुर्गाकुमारी कामीलाई साधारण सदस्यबाट समेत हटाउने गरी कारबाहीका लागि सिफारिस गरेको थियो ।

त्यसअघि प्रदेश कमिटीले सरकारबाट फिर्ता हुने पार्टीको निर्णयविरुद्ध सरकारमा सहभागी भएको भन्दै उनीहरुलाई स्पष्टीकरण सोधेको जनाएको छ । कारबाही सिफारिस भएका ६ मन्त्री र सचेतक माधवकुमार नेपाल पक्षका हुन् ।

No description available.

No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =