आँखाको हेरचाह कसरी गर्ने ?

मोबाइल, टिभी, कम्प्युटर, ल्याप्टपलगायत ग्याजेट्सको प्रयोग गर्ने क्रम बढ्दो छ । निषेधाज्ञाका कारण घरमै बस्नुपर्दा यो क्रम झनै बढेको हो । यसले आँखालाई केहि हदसम्म प्रभाव पार्छ । त्यस्तो धेरै नै भन्ने त हुँदैन तर, लामो समयसम्म प्रयोग गरिरहँदा आँखामा समस्या आउन सक्छ । त्यसलाई चाहीँ सीभीएस भनिन्छ । सी भनेको- कम्प्युटर, भी भनेको- भिजन र एस भनेको- सिन्ड्रम । १०-१५ मिनेट वा आधा घण्टा यस्ता डिभाइसहरु हेदैमा त्यस्तो ठूलो असर केही हुँदैन । तर लामो समय अनलाईनमा, कम्प्युटरमा वा मोबाइलमा काम गर्नुपर्ने, बिहानदेखि बेलुकासम्मै यस्ता डिभाइस चलाउनुपर्ने, गेम खेल्ने जस्ता कामले चाहीँ समस्या निम्त्याउँछ ।

जसले गर्दा आँखा बिझाएजस्तो हुने, आँखा सुख्खा हुने, टाउको पछाडि दुखेजस्तो हुने, आँखा रातो हुने, आँखा थाक्ने जस्ता समस्या सुुरु हुन्छन् । त्यसको मुख्य कारण के हो भने हामीले जे कुरा पनि धेरै नजिकबाट हेर्दा आँखा सीधा हुँदैन । आँखा बाहिर आउँछ । दुईवटा आँखाले राम्रोसँग देख्नलाई आँखाभित्र आउनपर्छ । हाम्रो आँखाभित्र ल्याउने कोशिस हुन्छ, नजिकैबाट हेर्नाले त्यो गर्न आँखाले सक्दैन अनि आँखा बाहिर जान्छ । यसलाई मेडिकल भाषामा ‘फूयूजन’ भनिन्छ । यसले धेरै बेर फूयूजन गर्न सक्दैन । त्यसकारण चाहीँ आँखा थाके जस्तो हुन्छ । अर्काै कारण के हो भने धेरै समयसम्म कम्प्युटर, मोबाइल हेर्यो भने बच्चाहरुमा आखा बाङ्गो हुने सम्भावना हुनसक्छ । अथवा आँखामा पावर धेरै कम हुने समस्या हुन सक्छ ।

अन्य कुरा चाहीँ कम्प्युटरमा काम गर्न मानिसमा लामो समयसम्म काम गर्यो भने आँखामा भएको आँशुको मात्रा कम भई सुख्खा हुन्छ । अनि आँखामा एक मिनेटमा १५ देखि २० पटकसम्म आँखा झिमझिम हुन्छ । तर धेरै समय कम्प्युटर मोबाइल हेर्यो भने झिमझिम गर्नै प्रक्रिया कम हुँदैजान्छ । आँखा हेरेको हेर्यै हुन्छ । अनि आँखा सुख्खा हुन्छ । अनि सुख्खा भएपछि आँखा चिलाउने पोल्ने जस्ता समस्याहरु आउँछन् । कसैलाई ५–१० मिनेटमै वा आधा घण्टामा लक्षण शुरु हुनसक्छ । मोबाइल हेर्दा आँखा दुखेजस्तो भयो, आँखा रातो भयो अनि आँशु आउन थाल्यो भने मोवाइल वा कम्प्युटर हेर्नु हुँदैन । नानीबाबुलाई यस्तो भएको भए उनीहरुलाई हेर्न दिनु हुँदैन ।

कार्यालयमा वा घरैमा पनि कम्प्युटरमा काम गर्ने मानिसले कम्प्युटर र आफ्नो दूरी कति टाढा छ भन्ने कुरा पनि ख्याल गर्नुपर्छ । कम्प्युटरको एङ्गल र आफुनो टाउकोको एङ्गल कति राख्ने अनि कोठामा कति बत्ती बाल्ने वा प्रकाशको व्ययवस्था कस्तो हुने, कोठामा कता एसि अनि पङखा राख्ने जस्ता कुरामा पनि ध्यान दिनुपर्छ । बिशेषगरी कम्प्युटर मोबाइल चलाउँदा आँखाभन्दा आधा मिटरभन्दा टाढा नै हुनुपर्छ । हर्को एउटा बिधि हुन्छ जसलाई ‘रुल अफ २०’ भनिन्छ । यसको मतलव हो २० मिनेटसम्म मोबाइल कम्प्युटरमा लगातार काम गरिरहेपछि कम्तीमा पनि २० सेकेण्डसम्म ३० फिट टाढासम्म हेर्नुपर्छ । यो क्रम दोहोर्याई रहनुपर्छ । अनि अर्को कुरा कोठामा पङ्खा चलाएर कम्प्युटर मोबाइलमा काम गर्नु राम्रो होइन । पङ्खा चलाएर धेरै समय कम्प्युटरमा काम गरे आँखा सुख्खा हुन्छ । समय समयमा पानी पिइरहनुपर्छ ।

यति गर्दागर्दै पनि आँखा रातो भयो, आँखा धमिलो भयो, भने चाहीँ नजिकैको आँखा अस्पतालमा गएर आँखा जचाउनुपर्छ । आखाको समस्या चाहीँ उमेर अनुसार पनि हुनसक्छ । बालबालिकालाई मोवाइल चलाउने बानीबाट बचाउनैपर्छ । बालबालिकालाई कक्षा चढ्ने बेलामा आँखाको भिजन जाँच गर्नुपर्न हुन्छ । त्यसपछि बच्चाहरुले आँखा रातो भएको छ कि ? छैन आँखा दुख्छ कि दुख्दैन, चिलाउँछ कि चिलाउँदैन, एलर्जीले हो की अन्य केहि कारणले हो वा मौसम अनुसार हो कि भन्ने कुरा निक्र्योल गर्नुपर्छ । चैत बैशाखमा बढि मात्रामा एलर्जी हुने समस्या हुन्छ । हिजोआज काठमाडौंको प्रदूषणले गर्दा पनि सानो तथा ठूलाका आखा पनि एकदम रातो हुने चिलाउने समस्या भइरहेको हुन्छ । बच्चाहरुमा चाहीँ पढ्न, विद्यालय जान, किताब वा ब्ल्याकबोर्ड ह्वाइटबोर्डमा अक्षर चिन्न ग्राहो भयो भनेदेखि उसको दृष्टि कम भएको हुन सक्छ । अस्पतालमा गएर जाँच गर्नुपर्न हुन्छ ।

यदि उसले चस्मा लगाउँछ भने, उसको चस्माको पावर पनि जाँच गर्नुपर्ने हुन्छ । आँखा बाङगो छ भनेपनि त्यहि अनुसारको जाँच गर्नुपर्ने हुन्छ । अनि बालबालिकालाई भिटामीन ‘ए’ भएका खानेकुरा खान दिनुपर्छ । हरियो सागपात गेडागुडी अण्डा फलफूल खुवाउनुपर्छ । सकेसम्म अत्याधिक सागपात खुवाउनुपर्छ । अनि बालबालिकाले खोप तालिकाले लगाएको छ कि छैन त्यहाँ ध्यान दिन जरुरी छ । बच्चाहरुलाई रेगुलर र राम्रो मात्रामा खोप पनि दिनुपर्छ । वयश्क ब्यक्तिहरुले धुमपान मध्यपान गर्नु हँदैन । आखालाई चोटपटकबाट बचाउनुपर्छ । ४०-५० वर्ष उमेर नाघिसकेका व्ययक्तिहरुलाई चाहीँ आखामा जलबिन्दु भन्ने समस्या हुन सक्छ । आँखाको पर्दाको समस्या हुन्छ । त्यस्तो समस्या छ कि छैन भनेर चाहीँ एक-एक वर्षमा गएर आखा अस्पताल वा केन्द्रमा जाँच गर्नुपर्छ ।

कसैले कुनै औषधी तथा दीर्घ रोगको औषधी खाइरहेको छ भनेदेखि समयसमयमा गएर स्वास्थ्य संस्थामा गएर जाँच गर्नुपर्छ । हिजो आज बढि मात्रामा ब्लड प्रेसर, सुगर भएका व्यक्ति चाहीँ एक एक वर्षमा जाँच गर्नुपर्न हुन्छ । पछिल्लो समय आँखा अस्पतालमा कम्प्युटर मोबाइल, ल्याप्टपमा खेलेर भनेर आँखाका समस्या भएका आइरहन्छ्न । अभिभावकबाट बच्चाहरुले धेरै टिभी हेर्यो, मोबाइल हेर्यो भन्ने समस्या आउछ । बच्चाहरुलाई टिभी मोबाइल हेर्न नदिने त्यस्तो कहि नभएपनि एकपटक बच्चाको आँखाको केही समस्या छ कि छैन भनेर ६–६ महिनामा जाँच गर्नु पर्छ । आँखालाई माया गरौं । किनभने यसले हामीलाई संसार देखाउँछ । र हामीले हेलचेक्र्याइँ गरे हामीले संसार देख्न पाउँदैनौं ।

(नेपाल आँखा अस्पताल, त्रिपुरेश्वरका नेत्ररोग विशेषज्ञ ढुंगेलसँग समीक्षा गाहाले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *