छ विधाका पत्रकारलाई ‘संकट सक्रिय पत्रकारिता प्रोत्साहन’

काठमाडौँ । नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिले ‘संकट सक्रिय पत्रकारिता प्रोत्साहन’ प्रदान गर्ने भएको छ । कोभिड जोखिमको बेला फ्रन्टलाइनमा काम गर्ने ६ विधाका पत्रकारलाई उक्त प्रोत्साहन प्रदान गरिने भएको हो ।

एसोसिएट प्रदेश समितिका अध्यक्ष बैकुण्ठराज पराजुलीले सोमबार एक सूचना जारी गर्दै सक्रिय ६ जना (विधागत) पत्रकारलाई ‘संकट सक्रिय पत्रकारिता प्रोत्साहन’ प्रदान गर्ने जानकारी दिएका हुन् । यो प्रोत्साहनले पत्रकारिताप्रति थप जिम्मेवार हुन उर्जा प्रदान गर्नेछ भन्ने विश्वास प्रदेश समितिको छ ।

आर्थिक, फोटो, चलचित्र, खेलकुद, राजनीति र कार्टुन पत्रकारिता विधाका एकएक जनालाई जनही १० हजारसहित प्रमाणपत्र प्रदान गरिनेछ । यी विधाको प्रतिनिधित्व गर्ने संस्था र विज्ञ अग्रजसहितको जुरी समितिले प्रोत्साहन पाउनेको छनोट गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 10 =