थप ६४९१ जना कोरोनामुक्त‚ ४७६२ मा संक्रमण‚ ११४ जनाको मृत्यु

काठमाडौं । सोमबार देशभर थप ६ हजार ४९१ जना संक्रमित निको भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ४ हजार ७६२ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।

देशभरका प्रयोगशालामा १५ हजार ५५ जनाको पीसीआर र २ हजार ४२५ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत् ४ हजार १७८ जना र एन्टीजेटमार्फत ५८४ जना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर एक लाख ६ हजार ४७० जना संक्रमित रहेका छन् । त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ११४ जना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *