सेनेटरी प्याड व्यवस्थापनका लागि सेफ्टी इन्सिनेटर मेसिन सञ्चालनमा

काठमाडौं । सेनेटरी प्याड फोहोरमैला व्यवस्थापन गर्नका लागि ज्यास्मिन हाईजीनले सेफ्टी इनसिनेटर मेसिन सञ्चालनमा ल्याएको छ ।

अहिले उत्पादन हुने अधिकांश सेनेटरी प्याडहरू गैर-बायो डिग्रेडेबल र कम्पोस्टेबल यसले स्वास्थ्य र वातावरणीय खतराहरू निम्त्याउन भन्दै मेसिन सञ्चालनमा ल्याएको ज्यास्मिन हाइजिनले जनाएको छ ।

नगरपालिकाको कमजोर फोहोरमैला संकलन व्यवस्थापन, समुदाय , सहर र गाउँहरूमा अव्यवस्थित सरसफाइ यसको प्रमुख कारण र चुनौतीहरू रहेको भन्दै त्यसको सामाधानका लागि मेसिन ल्याएको जनाएको छ । यो समस्यालाई समाधान गर्न जसले पनि एक दिनमा १०० प्याडसम्म डिस्पोज गर्न सक्ने जनाइएको छ ।

मेसिन विद्युतबाट संचालित हुने र प्रयोगकर्तामैत्री पनि रहेको बताइएको छ । साथै प्रयोगमा नआउँदा मेसिन स्वचालित रूपमा बन्द हुने कम्पनीले जनाएको छ ।

यसमा खरानी सफा गर्ने ट्रेसमेत समावेश छ । यसले ब्याक्टेरिया र गन्धसमेत हटाउँछ । यसबाट आउने खरानी जुन मलको रूपमा समेत प्रयोग गर्न सकिन्छ र यो पानीमा सजिलैसँग घुल्ने कम्पनीले जनाएको छ ।

ज्यास्मिन हाइजीनका प्रबन्ध निर्देशक श्री पुनित सारदा ले भने, ‘नेपालमा सेनेटरी प्याडको प्रयोग बिस्तारै बढ्दैछ र प्रयोग भएका सेनेटरी प्याडको उचित व्यवस्थापन गर्नु सधैं एउटा समस्याको विषय हो । ती समस्याहरुलाई बुझेर हामीले सेफ्टी सेनेटरी प्याड ईन्सेनेरेटर ल्याएका छौं‚ जसले सेनेटरी फोहोरलाई जलाउछ र वातावरणीय फोहोरलाई न्यूनतम पार्छ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =