प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा मंगलबारमात्रै सुनुवाइ हुने

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धका मुद्दामा मंगलबार सुनुवाई हुने भएको छ । सोमबार न्यायाधीशहरू बमकुमार श्रेष्ठ र तेजबहादुर केसीबारे निर्णय लिइने भएपछि मंगलबारका लागि सुनुवाइ सरेको हो ।

आइतबार भएको इजलासमा रहेका न्यायाधीशहरूमाथि प्रश्न उठेपछि सोमबार उनीहरूले आगामी इजलासमा बस्ने वा छाड्ने भन्ने निर्णय गर्नेछन् ।

यसअघि रिट निवेदक पक्षका कानुन व्यवसायीहरूले न्यायाधीशद्वय श्रेष्ठ र केसीले विवादित फैसला गरेकाले संवैधानिक इजलासका लागि योग्य नभएको भन्दै आपत्ति जनाएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =