थप ६२०५ जना कोरोनामुक्त‚ ४३६८ मा कोरोना‚ १०९ को मृत्यु

काठमाडौं । आइतबार नेपालमा थप ६ हजार २०५ जना संक्रमित निको भएका छन् । पछिल्ला केही दिनयता नेपालमा थप कोरोना संक्रमितको तुलनामा संक्रमणमुक्त हुनेको संख्या बढिरहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १० हजार ९८६ जनाको पिसिआर र १ हजार ७८४ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार ७०२ जना र एन्टीजेटमार्फत ६६६ जना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १०९ जना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *