बजेटमा सुदूरपश्चिम : विशेष आर्थिक क्षेत्र निर्माणदेखि पर्यटन विकासका कार्यक्रम

धनगढी । सरकारले आगामी आर्थिक वर्षका लागि सुदूरपश्चिममा विशेष आर्थिक क्षेत्र निर्माण गर्नेदेखि पर्यटन विकासलगायतका कार्यक्रमहरु बजेटमा समेटेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको बजेटमा यी कार्यक्रमहरु समेटिएका हुन् । प्रस्तुत बजेटमा राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिचाईं आयोजनाका लागि २ अर्ब ३५ करोड बजेट विनियोजन गरिएको छ । परियोजनाअन्तर्गत ९ किलोमिटर नहर निर्माण गर्दै थप तीन हजार हेक्टर जमिनमा सिचाईं सुविधा पर्याउने लक्ष्य राखिएको छ ।

बैतडीमा ‘मिसन ओखर’ कार्यक्रम, डडेल्धुरामा व्यावसायिक कागती खेती कार्यक्रम सञ्चालन गरिने, महाकाली सिचाईं आयोजना निर्माण गरिने र डोटीमा कृषि थोक बजार स्थापना गरिने कार्यक्रम पनि बजेटमा समेटिएका छन् ।

बझाङ र दार्चुलामा नदी नियन्त्रणका लागि बजेट व्यवस्था गर्ने, कञ्चनपुरमा प्रकृतिमा आधारमा पर्यटन विकास कार्यक्रम गरिने, प्रदेश प्रदेशमा भूमि बैंकका शाखा विस्तार गरिने भएको छ ।

खप्तडमा आकर्षक पर्यटकीय क्षेत्र निर्माणका लागि आवश्यक बजेट व्यवस्था गर्ने, कैलालीको बेहडाबाबा ताललाई पर्यटकीय क्षेत्रको विकास गर्ने, लक्की र कञ्चनपुरको दैजीमा औद्योगिक क्षेत्र निर्माण सम्पन्न गरिने बजेट भाषणमा उल्लेख छ ।

बाजुराको बडीमालिकामा महत्वपूर्ण पर्यटकीय क्षेत्र निर्माणका लागि गुरुयोजना निर्माण गरिने प्रत्यक प्रदेशमा प्रादेशिक संग्राहलय बनाइने कार्यक्रम सुदूरपश्चिममा पनि संग्राहलय बनाइने उल्लेख छ ।

यसैगरी कैलालीको हरैयामा विशेष आर्थिक क्षेत्र विकासका लागि सम्भाव्यता अध्ययन गरिने र कञ्चनपुरमा सुख्खा बन्दरगाहा निर्माणका लागि निर्माण कार्य सुरु गरिने कार्यक्रम पनि समेटिएको छ ।

शैक्षिक कार्यक्रम अन्तर्गत कोभिड र एचआईभीबाट मृत्यु भएका बालबालिकालाई छात्रवृत्ति दिइने कार्यक्रम छ । खेलकुदअन्तर्गत महेन्द्रनगरमा क्रिकेट मैदान निर्माण गर्न निवृत खेलाडीका लागि बजेटको व्यवस्था गरिने, धनगढीमा प्रादेशिक रंगशाला निर्माण गरिने कार्यक्रम बजेटमा समेटिएका छन् ।

बैतडीको पाटन खानेपानी आयोजना आगामी वर्षभित्रै सम्पन्न गरिने, महाकालीमा चार लेनको पुल निर्माण कार्य सम्पन्न गरिने, डोटीको विपीनगर–खुटियामा सुरुङ मार्ग निर्माणका लागि बजेट व्यवस्था गरिने उल्लेख छ ।

यसैगरी डडेल्धुरामा सिमान्तकृतका लागि निर्माण गरिएका घर हस्तान्तरण गरिने, बैतडीमा एकीकृत बस्ती निर्माण गरिने, डडेल्धुराको अमरगढी र भीमदत्तमा स्मार्ट सिटी निर्माण गरिने, महेन्द्रनगर र धनगढीमा सडक, ढल, खानेपानीलगायतका व्यवस्था गरिने कार्यक्रम समेटिएका छन् ।

सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीमा पूर्वाधार निर्माणका लागि वित्तीय हस्तान्तरण गरिने, डोटीको पूरानो शहर सिलगढीलाई व्यवस्थित गरिने र धनगढी र दार्चुला विमानस्थलको स्तरोन्नती गरिने कार्यक्रम ल्याइएका छन् ।

‘मेगासिटी’ कार्यक्रम पुनः दोहोर्याइयो
कैलालीको धनगढी–अत्तरियालाई मेगासिटी बनाइने घोषणालाई पुनः दोहोर्याइएको छ ।

यसअघि पनि सरकारले धनगढी–अत्तरियालाई मेगासिटी बनाउने घोषणा गरेको थियो । तर निर्माण प्रक्रिया भने अगाडि बढ्न सकेको छैन । यस वर्ष फेरि अर्थमन्त्री पौडेले सोही कार्यक्रमलाई पुनः घोषणा गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *